बैंकिङ सिन्डिकेट तोडिएपछि एनअार्इसीले फेरि १२ प्रतिशत ब्याज दिने

काठमाडाैं : नेपाल बैंकर्स संघले लादेको व्याजदर सिन्डिकेट हटेपछि एनअार्इसी एसिया बैंकले अाफुकहाँ रकम राख्ने निक्षेपकर्तालार्इ १२ प्रतिशत ब्याज दिने योजना अघि सारेको छ । 'धनबर्षा मुद्दती निक्षेप'मा यसअघि नै तयार गरेको स्कीमलार्इ बैंकले ब्युँत्याउन लागेको हो । 

यसअघि १२ प्रतिशत व्याज दिने योजना सार्वजनिक गर्दा निक्षेपकर्तालार्इ राम्रो ब्याज दिन नचाहने बैंकहरूको उक्साहटमा बैंकर्स संघले एनअार्इसीमाथि सिन्डिकेटको डण्डा चलाएको थियो । संघको निर्देशनमा अरू बैंकहरूले एनअार्इसीसँग हुने अन्तरबैंक कारोबार समेत बन्द गरेका थिए । बाध्य भएर एनअार्इसीले यो निक्षेप योजना फिर्ता लिएको थियो । 

बैंकका अनुसार यो निक्षेप योजनाअन्तगर्त मासिक रूपमा ब्याज भुक्तानी हुने र जुनसुकै शाखाबाट जतिसुकै रकम निक्षेप राखेर खाता खोल्न सकिनेछ । 

यो पनि पढ्नुहोस : 
ब्याजदरमा बैंकको सिन्डिकेट तोडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?