पञ्चकन्या मार्इ हाइड्रोको अार्इपीअो साउन १ देखि

काठमाडौं : पञ्चकन्या मार्इ हाइड्रोपावरले सर्वसाधारणका लागि साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता साधारण शेयर (आर्इपीओ) जारी गर्ने भएको छ। प्रतिकित्ता १ सय रूपैयाँका दरले लगानीकर्ताले पञ्चकन्याको अार्इपीअोमा लगानी गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक सनरार्इज क्यापिटलका अनुसार पञ्चकन्याले जारी पूँजी (१ अर्ब १० करोड रूपैयाँ) को १० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कूल अार्इपीअोमध्ये कम्पनीका कर्मचारीलार्इ ४४ हजार कित्ता र सामुहिक लगानी कोणलार्इ ५५ हजार कित्ता छुट्याएपछि बाँकी रहेको १० लाख १ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

पञ्चकन्याको अार्इपीअोमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्म अावेदन दिन सक्नेछन् । लगानीकर्ताले अाश्वा अनुमतिपत्र प्राप्त गरेका सवै बैंक र वित्तीय संस्था एवं मेरो शेयर प्रयोगकर्ताले घरबाटै अावेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि ११ लाख कित्ता आर्इपीओ जारी गर्न पञ्चकन्याले जेठ ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । प्रतिकित्ता १ सय रूपैयाँका दरले ११ लाख कित्ता आर्इपीओ बेच्दा यो कम्पनीले ११ करोड रूपैयाँ रकम संकलन गर्नेछ ।

यो कम्पनीले गत माघ ५ गतेदेखि २३ गतेसम्म आयोजना प्रभावित क्षेत्र र्इलामका स्थानीय वासिन्दाका लागि ११ लाख कित्ता आर्इपीओ जारी गरेको थियो । आर्इपीओ जारी गर्ने यो कम्पनीको वित्तीय अवस्था भने औषतभन्दा कमजोर छ । यो कम्पनीको क्रेडिट रेटिङ ४ छ ।

यो कम्पनीले हाल र्इलाममाा १२ मेगावाटको अपर मार्इ आयोजना सञ्चालनमा ल्याएको छ । यस्तै, ६.१ मेगावाटको मार्इ क्यास्केड आयोजनाको निर्माण पनि सम्पन्न गरेको छ ।

यो पनि :

पञ्चकन्या माई हाइड्रोलार्इ ११ लाख कित्ता अार्इपीअो निष्काशन गर्ने अनूमति​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?