शेयर ब्रोकर कम्पनीहरूमा अनलार्इन कारोबार प्रणाली जडान, भोलीदेखि कारोबार

काठमाडाैं : अनलार्इनबाटै शेयर कारोबार गर्नका लागि धितोपत्र दलाल कम्पनीहरूले पूर्वाधार तयार गरेका छन् । हालसम्म ५० कम्पनीहरूले अनलार्इन ट्रेडिङका लागि हार्डवेयर र सफ्टवेयर जुटाएको र यसलार्इ 'म्याच' गर्न मात्र बाँकी रहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले जानकारी दिएको छ । 

सरकारले साउन १ गतेदेखि नै शेयर कारोबारमा अनलार्इन प्रणाली अपनाउनेगरि धितोपत्र दलाल कम्पनीहरूको क्षमता बढाउन पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेलार्इ निर्देशन दिएको थियो । अघिल्ला बर्षको बजेटमै यो बिषयलार्इ समावेश गरिएको थियो । अनलार्इन कारोबार प्रणालीका लागि हाल दलाल कम्पनीहरूले २ वटा क्लाउड वेश अार्इटी कम्पनी सहयोग लिने भएका छन् । 

हाल नेप्सेकै सर्भरबाट शेयर कारोबार हुँदै अाएको छ । तर, कम्प्युटर र्इन्जिनियर र सहायकस्तरका २ कर्मचारीसहित अाफ्नै सर्भर, डाटा सेन्टर र डाटा रिकभरीका लागि पूर्वाधार जुटाउन नेप्सेले ब्रोकर कम्पनीहरूलार्इ निर्देशन दिएको थियो । 

दलाल कम्पनीहरूले अनलार्इन कारोबारका लागि पूर्वाधार खडा गरिसकेकाले भोली (साउन १) गतेदेखि नै अनलार्इन प्रणालीबाट शेयर कारोबार गर्न सकिने भएको छ । यद्यपी : अनलार्इन प्रणालीमा अभ्यस्त भर्इसकेपछि मात्र हालको प्रणाली विस्थापन गर्न सकिने नेप्सेका अधिकारीहरूले बताएका छन् । 

अनलार्इन कारोबारका लागि लगानीकर्ताहरूले साउन १ गतेदेखि शेयर दलालकोमा गर्इ तोकिएको प्रकृया पुरा गर्नुपर्ने हुन्छ ।

यो पनि :

साउन १ गतेदेखि पूँजीबजारमा अनलार्इन प्रणाली लागु हुँदै​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?