नेपाल बैंकको एफपीअो बिक्री ७.५% मात्रै

काठमाडाैं : मुलुककै पहिलो नेपाल बैंक लिमिटेडले एफपीअो जारी गरेको १७ दिन बितिसक्दा जम्मा ७.५१ प्रतिशत कित्तामा अावेदन परेको छ  ।

बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार अार्इतबार बेलुकीसम्ममा १२ हजार ६ सय ७ अावदेकले जम्मा १३ लाख २८ हजार ९ सय ७० कित्ता एफपीअोमा अावदेन दिएका छन् ।

नेपाल बैंकले प्रतिकित्ता २ सय ८० रूपैयाँका दरले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीअो बिक्रीमा राखेको छ । असार १५ देखि एफपीअो बजारमा ल्याएको बैंकको शेयरमा लगानीकर्ताले खासै रूची नदेखाएका हुन् ।

एफपीअो भर्ने अवधि साउन १३ गतेसम्म भएपनि निर्धारित अवधिभित्र बैंकले लगानीकर्तालार्इ अाकर्षित गर्ने कुनै स्कीम नल्याए एफपीअो बिक्ने नसक्ने विश्लेषण छ । नेपाल बैंकले संस्थामा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न एफपीअो जारी गरेको हो ।

यो पनि :

एनएमबीपछि नेपाल बैंकलार्इ एफपीअो बेच्न मुस्किल !​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?