पञ्चकन्या मार्इको ११ लाख कित्ता अार्इपीअो खुल्यो

काठमाडाैं : १२ मेगावाट क्षमताको अपर मार्इ जलविधुत अायोजना बनाएको पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले अाज (साउन १ गते) देखि ११ लाख कित्ता साधारण शेयर (अार्इपीअो) बिक्री खुला गरेको छ । 

प्रतिकित्ता १ सय रूपैयाँका दरले र्इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म शेयर भर्न सक्ने बिक्री प्रबन्धक सनरार्इज क्यापिटलले जानकारी दिएको छ। 

सर्वसाधारण लगानीकर्ताले सी-अाश्वा प्रणाली तथा मेरो शेयरबाट अनलार्इनमार्फत घरबाटै अार्इपीअो भर्न सक्नेछन् । यस्तै, पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डाबाट अाश्वा अनुमति लिएका सवै बैंक र वित्तीय संस्थाबाट पनि शेयर भर्न सकिन्छ । 

पञ्चकन्याले यसअघि नै अायोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता अार्इपीअो वितरण गरिसकेको छ । अाजदेखि बिक्री खुला भएको ११ लाख कित्तामध्ये कम्पनीका कर्मचारीलार्इ ११ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५५ हजार कित्ता छुट्यार्इएको कम्पनीले जानकारी दिएको छ । बाँकी १० लाख १ हजार कित्ता शेयर सर्वसाधारणलार्इ मात्र बेचिनेछ ।

१ अर्ब १० करोड चुक्ता पूँजी रहेको यो कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ११ करोड रूपैयाँ बराबरको अार्इपीअो सर्वसाधारणका लागि छुट्याएको हो । पञ्चकन्याको अार्इपीअोले र्इक्रा रेटिङ-४

१२ मेगावाटकाे अपरमार्इसँगै यो कम्पनीले थप ६.१ मेगावाटको मार्इ क्यास्केड अायोजना पनि बनार्इसकेको छ ।

यो पनि :

पञ्चकन्या मार्इ हाइड्रोको अार्इपीअो साउन १ देखि​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?