काठमाडाैं : एफपीअो बिक्रीमा सकस भोगिरहेको नेपाल बैंक लिमिटेडले गत अार्थिक बर्षको चाैथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि एफपीअो बिक्रीको समस्या हल हुने अपेक्षा गरेको थियो ।
तर खुद नाफा ९.०४% ले बृद्दि भर्इ ३ अर्ब ३९ करोड ९७ लाख १८ हजार रूपैयाँ पुगेको वित्तीय विवरण सार्वजनिक भएपनि लगानीकर्ताले एफपीअो खरिदमा अझै रूची देखाएका छैनन् ।
असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीअो बिक्रीमा ल्याएको नेपाल बैंकले सोमबार बेलुकीसम्म १५ लाख ४८ हजार ९ सय ७० कित्तामा मात्रै खरिद अावेदन संकलन गरेको छ ।
बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार हालसम्म १४ हजार ७ सय ५१ लगानीकर्ताले एफपीअो खरिदका लागि अावेदन दिएका छन् । एफपीअो बेच्ने म्याद अब ४ दिनमात्र बाँकी छ ।
नेपाल बैंकले एफपीअो बिक्री शुरू गरेको पहिलो दिन करिब १ लाख १५ हजार कित्तामा मात्र अावेदन परेको थियो । १७ अाैं दिन बितिसक्दा जम्माजम्मी ७.५१% कित्तामा मात्रै अावदेन संकलन गरेको बिक्री प्रबन्धकले जानकारी दिएको थियो ।
प्रतिकित्ता २ सय ८० रूपैयाँका दरले नेपाल बैंकले एफपीअो निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि कानूनी सिमाभित्र रही अधिकतम सवै कित्ताका लागि खरिद अावेदन दिन सक्छन् ।
बैंकले पूँजी संरचनामा सरकारको ५१% र सर्वसाधारणको ४९% हिस्सा कायम गर्न एफपीअो जारी गरेको हो ।
नेपाल बैंक लिमिटेड मुलुककै पहिलो बैंक हो ।
यो पनि :
एनएमबीपछि नेपाल बैंकलार्इ एफपीअो बेच्न मुस्किल !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया