क्यानडामा ३० हजार वर्ष पुरानो म्यामथ फेला

लोकपथ
196
Shares

काठमाडौं । उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा बुली म्यामथ फेला परेको छ ।

सो म्यामथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीका मजदुरहरूले फेला पारेका थिए । बुली म्यामथ हात्ती प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ ।

युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका अमेरिकी मूलका मानिसहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।

‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद् ग्रान्ट जाजुलाले भने ।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ, जुन ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?