काठमाडौं । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् ।
सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको प्रधानन्यायाधीश उडो लेचरम्यानले बताए ।
उनको बृद्धावस्थालाई विचार गर्दा सुएज जेल जान नपर्ने सक्ने बताइएको छ । लिथुआनियामा जन्मेका सुएज अहिले ब्रान्डनवर्ग राज्यमा बस्छन् । उनले आफू निर्दोष भएको बताउँदै आएका थिए ।
शिविरमा भएको घृणित अपराधको बारेमा आफू अनभिज्ञ भएको उनले बताउँदै आएका थिए । ‘मलाई थाहा छैन म यहाँ किन छु,’ नाजी युद्ध अपराधको मुद्दामा सुनुवाइका क्रममा उनले भनेका थिए ।
अभियोजनकर्ताले सुएजले ‘स्वेच्छाले’ शिविरमा ३ हजार ५१८ कैदीको हत्यामा भाग लिएको भन्दै उनलाई पाँच वर्षको सजाय माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया