कमाण्डर र सेनाका अधिकारी राजनीतिबाट अलग रहन पाक सेना प्रमुख बाजवाको निर्देशन

लोकपथ
119
Shares

काठमाडौं । पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई)सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई राजनीतिबाट अलग रहन र राजनीतिज्ञहरूसँग अन्तरक्रिया नगर्न निर्देशन दिएका छन् ।

पाकिस्तानको राजनीतिमा सेनाले हस्तक्षेप गर्ने आरोप लागिरहेका बेला सेना प्रमुखको यस्तो भनाइ आएको हो ।

पाकिस्तानी सेना पञ्जाबमा आगामी उपचुनावलाई प्रभाव पार्न र पीटीआईलाई नोक्शान पुर्‍याउन राजनीति‘डिजाइन’मा संलग्न रहेको विवरण सार्वजनिक भइरहेका बेला सेना प्रमुखको भनाइ सार्वजनिक भएको द न्युज इन्टरनेसनलले जनाएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री पीटीआई प्रमुख इमरान खानले पनि आफ्ना पार्टीका केही उम्मेदवारहरूले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन कल आएको गुनासो गरेको दाबी गरेका छन् ।

खानले आफ्नो पार्टीका नेता र कार्यकर्तालाई उपचुनावलाई ‘डिजाइन’ गर्न दबाब दिइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?