काठमाडाैं : 'देशको वर्तमान अार्थिक स्थिति' प्रकाशनदेखि गर्भनरको विदेश भ्रमण रोक्नेसम्मका हर्कत गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले अाफुले राष्ट्र बैंकमाथि कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन् ।
सरकारी प्रायोजनमा सञ्चालिन 'जनतासँग प्रधानमन्त्री' नामक टेलिभिजन कार्यक्रममा सहभागी भएका अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक अाफैंमा स्वतन्त्र संस्था भएकाले अाफुले कुनै अंकुश नलगाएको बताएका हुन् ।
तर, घुमाउरो भाषामा स्वायत्तताको जवाफदेहिता पनि हुने तर्क गर्दै अर्थमन्त्री खतिवडाले स्वायत्त राष्ट्र बैंकको नियामक अर्थ मन्त्रालय रहेको र स्वायत्त संस्थाले नियामकप्रति जवाफदेहिता वहन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा अोली विदेश रहेका बेला सो कार्यक्रममा निम्त्यार्इएका खतिवडाले केन्द्रीय बैंकमाथि हस्तक्षेप गर्दा भोगेको अालोचनाबाट बच्न निकै चतु-यार्इँपूर्वक अाफ्नो बचाउ गरेका छन् ।
राष्ट्र बैंकमा रहेका अाफ्ना ज्वार्इँ रामशरण खरेललार्इ अर्थ मन्त्रालयमा तानी उनकै कार्यकक्षबाट राष्ट्र बैंकका बरिष्ठ अधिकारीहरूको रिपोर्टिङ बुझ्ने व्यवस्था मिलाएका खतिवडाले जानाजान बजेट विपरित राष्ट्र बैंकको सल्लाहबिना नै २ अर्ब रूपैयाँको ग्रामीण स्वाबलम्बन कोषलार्इ पूर्व एमालेहरूको लगानी रहेको साना किसान बैंकलार्इ जिम्मा लगाउन खोजेका छन् ।
गत साता रसिया भ्रमणमा जान लागेका गर्भनर डा. चिरञ्जीवि नेपाललार्इ रोकेका खतिवडाले राष्ट्र बैंकको स्वायत्त क्षेत्राधिकारमाथि व्यापक हस्तक्षेप गरेको अारोप लागिरहेको छ ।
यो पनि :
'स्वायत्त' राष्ट्र बैंकमाथि अर्थमन्त्री खतिवडाको चरम हस्तक्षेप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया