वायुसेवा निगमले ५ वटा साना जहाजबाट व्यवसायिक उडान भर्दै

काठमाडाैं : नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजबाट मुलुकका अान्तरिक गन्तव्यमा व्यवसायिक उडान शुरू गरेको छ। दशैं अगाडी नै ५ वटा जहाज मर्मतसम्भार गरि दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यअनुसार एनएसीले अान्तरिक गन्तव्यका उडानलार्इ तीब्रता दिएको हो । 

दुईवटा १७ सिटे (वार्इ) , एउटा ५८ सिटे (एमए ६०) र दुईवटा १९ सिटे ट्विन अटरले उडान सुरु गरिसकेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । उनका अनुसार एनएसीले अस्ति शुक्रबारदेखि दाङमा उडान शुरू गरिसकेको छ भने नेपालगञ्ज-डोल्पा, नेपालगञ्ज-सिमिकोट, बझाङ, फाप्लु, ताप्लेजुङ, रूकुम, भोजपुर र सिमिकोट लगाएतका गन्तव्यमा पनि उडान भरिरहेको छ ।

अान्तरिक उडानका लागि जतिसक्दो छिटो रूट लिने योजना बनाएको निगमले चिनियाँ जहाजबाट केहि दिनअघि बझाङमा परीक्षण उडान सम्पन्न गरेको छ ।

यो पनि : 

लुक्ला एअरपोर्टमा एकाबिहानै पुगे एनएसीका ४ जहाज

आन्तरिक उडानमा आक्रमण बन्दै वायुसेवा निगम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?