स्वरोजगार कोषको कालोसूची : फस्दैछन् पूर्वमाअोवादीका ‘युवानेता’

काठमाडाैं : स्वरोजगार कोषले कर्जा नतिर्नेलार्इ कालोसूचीमा राख्ने निर्णय गरेसँगै (ने.क.पा.) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्व माअोवादीका 'युवानेता' हरू कालोसूचीमा पर्ने भएका छन् । 

राजनीतिक दबाब नअाए कोषले अघि बढाउन खोजेको कानूनी कारबाही प्रकृयामा कोषबाट कर्जा लिर्इ अपचलन गर्ने र भाखा नाघिसक्दा पनि कर्जा नतिर्नेहरूको अचल सम्पतिदेखि राहदानीसम्म रोक्का हुनेछ । 

हाल २७ करोड पाँच लाख ६४ हजार ५७९ रूपैयाँ भाखा नाघेको कर्जा उठ्न बाँकी रहेको कोषले जनाएको छ । यो मध्ये अधिकांश रकम पूर्व माअोवादीका 'युवानेता' हरूको नाममा प्रवाह भएको कोषका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । 

१८ बर्षदेखि ५० बर्षसम्मका बेरोजगार युवालार्इ स्वरोजगार बनार्इ तिनमा रहेको सीप, प्रतिभा र जाँगरलार्इ देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने  लक्ष्य राखी तत्कालीन माअोवादी नेता डा. बाबुराम भट्टरार्इ नेतृत्वको तत्कालीन सरकारले २०६५ सालमा कोषको स्थापना गरेको थियो । तत्कालीन माअोवादी नेतृत्वकै सरकारका पालामा स्थापित यो कोषबाट माअोवादीकै युवा नेताहरूले व्यापक मात्रामा कर्जा लगेका दिए । कोषबाट २०६५ सालमा ३ बर्ष ६ महिनाभित्र तिर्ने गरि बिना धितो नै ऋण प्रवाह गरार्इएको थियो । 

यी नेताल र व्यक्तिले लगेका थिए रकम : 

मजदुर नेता जगत सिम्खडा समूह : ४५ लाख रूपैयाँ (खाद्यान्न पसल सञ्चालनका लागि भन्दै लगेको रकम पेट्रोलपम्पमा लगानी)

बाबुराम गाैतम समूह : ४२ लाख ५० हजार (खेलकुद सामग्रीको थोक तथा खुद्रा व्यापार गर्ने भन्दै रकम लगेको)

टिकाराम प्रसाइँ समूह : ३४ लाख ५० हजार (छालाजुत्ता कारखाना स्थापनाका लागि भन्दै रकम लगेको)

पिताम्बर गिरी समूह : ३५ लाख २० हजार (छालाजुत्ता र चप्पल उत्पादनका लागि भन्दै रकम लगेको)

कुमार पन्त समूह : ३० लाख रूपैयाँ (खाद्यान्न पसलका लागि ऋण लगेको)

धनबहादुर बिक समूह : २४ लाख ७० हजार

स्वरोजगार कोषबाट लिएको कर्जाको भाखा नाघेपछि तत्कालीन माअोवादीभित्र खैलाबैला मच्चिएको थियो । जगत सिम्खडालगायतका २५ जना नेताहरूबाहेक अन्य नेताले कोषबाट लगेको रकम भुक्तानी नगरेको (ने.क.पा.)  स्रोतले जानकारी दियो । (ने.क.पा.) का नेताहरूले कोषबाट लिएको धितोबापतको झन्डै ५ करोड रूपैयाँ तिर्न बाँकी रहेको बुझिएको छ ।

तत्कालिन नेकपा (एमाले) र माअोवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि पनि स्वरोजगार कोषबाट लिएको कर्जा चुक्ता गर्नेबारे चर्को बहस भएको थियो । गत असार २२ गते शुक्रबार (ने.क.पा.) को पार्टी मूख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको दुर्इ पार्टीको मजदुर संगठनहरू नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियनको संयुक्त बैठकले स्वरोजगार कोषबाट लिएको धितोबापतको रकम सम्बन्धित नेताले नै तिर्नुपर्ने निर्णय गरेको थियो ।

कोषले १० बर्षको अविधमा करिब ४ अर्ब ५० करोड रूपैयाँ ऋण प्रवाह गरेको छ । 

यो पनि : 

स्वरोजगार कोषबाट दिइएको धितो युवा नेताले नै तिर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?