एफएनसीसीअार्इका पूर्वअध्यक्ष सुरज बैद्यले लिए २० लाख पर्यटक भित्र्याउने जिम्मा

काठमाडाैं : नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीअार्इ) का पूर्वअध्यक्ष एवं व्यवसायी सुरज वैद्यले सन् २०२० सम्म २० लाख पर्यटन नेपाल भित्र्याउने जिम्मा लिएका छन् । संस्कृति तथा पर्यटन मनत्रालयले बैद्यलार्इ नेपाल पर्यटन बर्ष २०२० को संयोजकमा नियुक्त गरेको हो । 

पर्यटन बर्षका संयोजक वैद्यले २० लाख पर्यटक भित्र्याउने योजना साकार पार्ने दाबी गरेका छन् । पर्यटक भित्र्याउनका लागि विभिन्न कार्यक्रममार्फत नेपालको पर्यटनबारे ब्यापक प्रचारप्रसार गर्ने बैद्यले बताए । 

वैद्यज अर्गानार्इजेशनका प्रमुख समेत रहेको सुरज वैद्यले पर्यटकसँगै लगानी भित्र्याउन अाफुले र्इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि : 

व्यापारी सुरज बैध एन्फाको सल्लाहकार समितिमा मनोनित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?