नेपाल राष्ट्र बैंकमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरे अर्को हस्तक्षेप

काठमाडाैं : पूर्वगर्भनर समेत रहिसकेका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका पक्षमा तथ्यांक नदिएकोप्रति असन्तुष्टि जनाउँदै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाको सरूवा गरिदिएका छन् । 

सरकारले राम्रो काम गरिरहेको देखाउनेगरि अार्थिक तथ्यांक सार्वजनिक नगरेकोमा अर्थमन्त्री डा. खतिवडा थापासँग लामो समयदेखि असन्तुष्ट थिए । गभर्नर हुँदाताका देखि नै अनुदार खतिवडाकै अादेशमा बैंक व्यवस्थापनले थापालार्इ अनुसन्धान विभागबाट राष्ट्र ऋण व्यवस्थापन विभागमा सरूवा गरेको हो । 

मुलुकको अर्थतन्त्रको स्थितिबारे सटिक र यथार्थपरक प्रतिवेदन सार्वजनिक गरिदिने थापाको काममा खतिवडाले राष्ट्रिय योजना अायोगको उपाध्यक्ष हुँदा समेत हस्तक्षेप गरेका थिए । भारतले गरेको अापूर्ति अवरोधलार्इ नाकाबन्दी भन्न नसकिरहेको तत्कालीन सरकारका पालामा थापाले नै पहिलोपटक अाधिकारिक तवरबाट सो अवरोध नाकाबन्दी नै रहेको र त्यसबाट नेपाललार्इ अर्बाैं रूपैयाँको क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरिदिएका थिए । 

अर्थमन्त्रीको दबाबमा सरूवा गरिएका राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा ।

त्यतिखेर डा. खतिवडा योजना अायोगको उपाध्यक्ष थिए भने तत्कालीन एमालेका विष्णु पाैडेल अर्थ मन्त्रीका रूपमा बहाल थिए । खतिवडा र पाैडेलको निर्देशनमा राष्ट्र बैंक व्यवस्थापनले थापाद्वारा तयार गरिएको प्रतिवेदन वेभसार्इटबाटै हटाएको थियो । 

अर्थमन्त्री नियुक्त भएपश्चात पछिल्लो पटक डा. खतिवडाले केन्द्रीय बैंकमाथि निरन्तर हस्तक्षेप गरिरहेको भन्दै अालोचना भर्इरहेको छ । अालोचनाकै बीच अर्थमन्त्री खतिवडाको अादेशमा थापाको सरूवा र उनको स्थानमा कार्यकारी निर्देशक गुनाकर भट्टलार्इ जिम्मेवारी तोकिएको छ । भट्ट खतिवडाले निकट मानिन्छन् । 

राष्ट्र बैंकबाट अाफ्नै र्इच्छामा अर्थ मन्त्रालय तानिएका ज्वार्इँ रामशरण खरेलमार्फत थापाको सरूवाका लागि अर्थमन्त्री खतिवडाले निरन्तर दबाब दिने गरेकाले सरूवा गरिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । दुर्इ साताअघि अाफुकहाँ ब्रिफिङ गर्न अाउँदा अनुसन्धान विभागका कार्यकारी निर्देशक थापाले अर्थमन्त्री खतिवडामाथि राजस्व थुपारेर राखेको, तर खर्च नगरेकाले बैंकहरूमा तरलता बढेको टिप्पणी गरिदिएका थिए । 

अालोचना सुन्नै नचाहने अर्थमन्त्री खतिवडा अाफुमाथि पछिल्लो टिप्पणी गरेपछि थापासँग थप चिढिएका थिए । त्यसलगत्तै थापाको सरूवाका लागि उनले ज्वार्इँमार्फत राष्ट्र बैंक व्यवस्थापनलार्इ थप दबाब दिएको बुझिएको छ । अर्थमन्त्रीको दबाब थेग्नै नसकेपछि बैंक व्यवस्थापनले पनि थापाको सरूवा निर्णय गरेको हो । 

स्वायत्त निकायका रूपमा चिनिने राष्ट्र बैंकमाथि खतिवडाले निरन्तर हस्तक्षेप गरिरहेका छन् । गभर्नर डा. चिरञ्जीवि नेपालको विदेश भ्रमण रोक्नेदेखि  'देशको वर्तमान अार्थिक स्थिति' नामक प्रतिवेदनमा राष्ट्र बैंकको अाधिकारिक धारणा राख्न समेत खतिवडाले प्रतिबन्ध लगार्इदिएका छन् ।

यो पनि :

'स्वायत्त' राष्ट्र बैंकमाथि अर्थमन्त्री खतिवडाको चरम हस्तक्षेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?