अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घट्यो, भाउ नघटाउने बहाना खोज्दै अायल निगम

काठमाडाैं : नेपालमा पेट्रोलियम पदार्थको 'सिंगल वायर' नेपाल अायल निगमले अन्तरराष्ट्रिय बजारमा तेलको भाउ निकै अोह्रालो लाग्दा पनि भाउ घटाउन अानाकानी गरेको छ । 

गत असोज १ गते निगमले तेलको मूल्य बढाएको दिन विश्वबजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ८०.८५ अमेरिकी डलर रहेकोमा अार्इतबार बेलुकीसम्ममा ६६.७६ डलर प्रतिब्यारेलमा झरिसकेको छ । हरेक १५ दिनमा स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको भाउ तोक्ने दाबी गरेको निगमले भने २ महिना बितिसक्दा पनि मूल्य समायोजन नगरेको हो । 

सत्ताधारी (ने.क.पा.) को दबाबमा सैयाैं राजनीतिक कार्यकर्ता भर्ती गरेको निगमले असोज महिनामा मात्रै १ अर्ब ६० करोड रूपैयाँ घाटा देखाएको छ । तर असोज १ गते यही घाटा पूर्ति गर्न भन्दै निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँका दरले मूल्य बढाएको थियो । 

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएयता अन्तरराष्ट्रिय बजारमा तेलको भाउमा निरन्तर गिरावट अार्इरहेको छ । कात्तिक २७ गते ६४ डलर हाराहारीमा कच्चातेलको मूल्य रहेकोमा त्यसयता केही सेन्टमा मात्रै मूल्य फेरबदल भर्इरहेको छ । ८० डलरबाट ६४ डलरमा तेलको भाउ घट्दा पनि निगमले मूल्य समायोजनमा गरेको अानाकानीलार्इ रहस्यपूर्ण रूपमा हेरिएको छ । 

नेपाल अायल निगमले र्इन्डियन अायल कर्पोरेशन (अार्इअोसी) सँग पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ । अार्इअोसीले पनि निगमलार्इ गत शुक्रबार नै निगमलार्इ अन्तरराष्ट्रिय बजारअनुसार समायोजन गरिएको अाैषत मूल्यसूची नेपाल अायल निगमलार्इ पठार्इसकेको छ । 

मूल्य बढाउन हतारिने निगमले भने अार्इअोसीले नयाँ मूल्यसूची पठाएपनि तेलको भाउ घटाउन खोजिरहेको छैन । केही दिनभित्र सञ्चालक समितिको बैठक बस्ने जनाउँदै निगमका पदाधिकारीहरूले भाउ घटाउने मिति सारिरहेका छन् ।

व्यवस्थापनको कमजोरीका कारण निरन्तर घाटा खार्इरहेको निगमले अहिले सकेसम्म मूल्य नघटाउने र घटाउनै परे निकै कम मूल्य मात्र घटार्इ समायोजन गरिएको प्रचार गर्ने योजनामा रहेको बुझिएको छ । यसअघि प्रतिलिटर ९ रूपैयाँसम्म घाटा खाएर र्इन्धन अायात गरेकाले मूल्य समायोजन गर्न नसकिने तर्क गर्ने पक्षमा निगम रहेको छ । 

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले पनि तत्काल मूल्य समायोजनबारे निर्णय गर्न सञ्चालक समिति बैठक कुर्नुपर्ने बताएका छन् । मूल्य बढ्ने वा घट्ने बारे एकीनका साथ भन्न नसकिने उनको भनार्इ छ ।

यो पनि ः
गोजी रित्याउनेगरि तेलको मूल्य बढाउने आयल निगम फेरि घाटामा ! कार्यकर्ता भर्तिले यसरी डुबायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?