अब विकास बैंकले पनि बाणिज्य बैंककै हाराहारीमा ब्याज दिने

काठमाडौं : नेपाल बैंकर्स एशोसियसनले मंगलबारदेखि मुद्धती निक्षेपको ब्याजदर सम्बन्धित बैंकले नै तोक्न सक्ने सहमति गरेपछि बाणिज्य बैंकहरूले धमाधम नयाँ ब्याजदर तय गरेका छन् । अाकर्षक ब्याजदर प्रस्तावसहित निक्षेप तान्न बाणिज्य बैंकबीच होडबाजी चलेपछि विकास बैंकहरूले पनि अब व्यक्तिगत निक्षेपमा बढी ब्याजदर दिन लागेका छन् । 

बाणिज्य बैंकहरूले महंगो ब्याजदरमा निक्षेप तान्न थालेपछि विकास बैंकहरूलार्इ अाफुकहाँ रहेको निक्षेप बाणिज्य बैंकमा सर्न सक्ने चिन्ताले सताएको छ । बाणिज्य बैंकहरूले १२.५% सम्म ब्याजदर दिनेगरि मुद्धती निक्षेप योजना सार्वजनिक गरिसकेका छन् । 

यो पनि : बैंकर्स संघले तोड्यो आफ्नै सहमति, मुद्दति निक्षेपमा ब्याजदर तोक्न बैंक स्वतन्त्र

अत्याधिक कर्जा माग हुने, तर निक्षेप जम्मा गर्नै नसकिने समस्याबाट बैंकहरू ग्रस्त भएपछि बैंकर्श एशोसियसनले मंगलबार निक्षेपको ब्याजदर तोक्न बैंकहरूलार्इ स्वतन्त्र छाडिदिएको थियो । यस्तो अवस्थामा विकास बैंकमा रकम राखेका निक्षेपकर्ताहरूले अाकर्षक ब्याजदर पाउन सो रकम बाणिज्य बैंकमा राख्न सक्ने देखिएपछि विकास बैंकहरूले पनि ब्याज बृद्धि गर्नुको विकल्प देखेका छैनन् । 

हालसम्म बाणिज्य बैंक समूहको जनता बैंकले १२%  र माछापुच्छ्रे बैंकले १२.५% ब्याजदर दिने घोषणा गरिसकेको छ । अन्य बैंकहरूले पनि ब्याजदर बढाउने तयारी गरिरहेका छन् । यस्तो अवस्थामा डेभलपमेन्ट बैंकर्श संघले सदस्य बैंकहरूसँग सल्लाह गरी ब्याजदर बढाउने तयारी गरिरहेको जनाएको छ । 

यो पनि :  निक्षेपमा ब्याजदर 'सिन्डिकेट' तोडिएसँगै बढी ब्याज दिन बैंकहरूबीच प्रतिष्पर्धा

अाफुकहाँ रहेको निक्षेप अन्य बैंकमा जान नदिनकै लागि पनि विकास बैंकहरू ब्याजदर बढाउनुपर्ने दबाबमा छन् । तर, विकास बैंकहरूले तोक्ने ब्याजदर बाणिज्य बैंकहरूको भन्दा बढी नहुने संघका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?