मधेश आन्दोलनको १२ वर्ष, के पाए जनताले ?

आज मधेश आन्दोलनको १२ वर्ष । 

प्रथम मधेश आन्दोलनको उद्गमस्थल लहान ।

जहाँ विसं. २०६३ साल माघ ५ गते १६ वर्षीय युवा रमेश महतोले शहादत प्राप्त गरेका थिए । 

***

मधेशी जनताले सदियौँदेखि आफूहरु राज्यको उत्पीडनमा परी आफ्नो अधिकार सुनिश्चित नहुन्जेल आन्दोलन नरोक्ने भन्दै आन्दोलन चर्काएका थिए । 

मधेश आन्दोलनमा ३४ जनाभन्दा बढी मधेशी युवाहरुले शहादत प्राप्त गरेका थिए । यसै आन्दोलमा शहादलत प्राप्त गर्ने पहिलो युवा बने रमेश महतो । 

मधेश आन्दोलनमा ३४ जनाभन्दा बढी मधेशी युवाहरुले शहादत प्राप्त गरेका थिए । यसै आन्दोलमा शहादलत प्राप्त गर्ने पहिलो युवा बने रमेश महतो । 

मधेश आन्दोलनको शुरुमा सरकारले त्यती चासो नदेखाएन । तर, जब आन्दोलन चर्कदै जान थाल्यो तयसपछि राज्यको ध्यान मधेश केन्द्रीत भयो । 

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशको नाममा दुई पटक सम्बोधन गरेपछि मात्र आन्दोलन स्थगित भएको थियो । 

मधेश आन्दोलन राष्ट्रिय पहिचान, सामाजिक न्याय, स्वाभिमान र राज्यका विभिन्न तहमा उचित अवसर प्राप्तिका लागि मधेशी जनताले स्वतस्फुर्त रुपमा गरेको पहिलो आन्दोलन थियो । 
माघ १ गते मुलुकको अन्तरिम संविधान घोषणा भयो । 

त्यसमा सङ्घीयता र स्वायत्तता कतै उल्लेख भएको थिएन । त्यसको भोलिपल्ट तत्कालिन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा अन्तरिम संविधान जलाइयो ।

त्यसमा सङ्घीयता र स्वायत्तता कतै उल्लेख भएको थिएन । त्यसको भोलिपल्ट तत्कालिन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा अन्तरिम संविधान जलाइयो ।

सो कार्यक्रममा उपेन्द्र यादवसहित २८ जनालाई प्रहरीले नियन्त्रणमा लियो । 

अन्तरिम संविधान जलाएको कसुरमा मुलुकी ऐन अदालती बन्दोबस्त १२१ अनुसार थुनुवा पुर्जी दिइयो ।

सरकारद्वारा उनीहरूमाथि सार्वजनिक मुद्दा चलाउने तयारी थाल्यो ।

अध्यक्ष यादवलाई प्रहरीले गिरफ्तार गरेको भन्दै फोरम नेपालले मधेशका जिल्लाहरूमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्यो ।

अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेश बन्दको आह्वान गरेको थियो ।

उता उपेन्द्र यादवसहित पक्राउ गरेका लागि रिहाइका माग गर्दै विभिन्न संघसंगठनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाए । तर, माग सम्बोधन नभएको भन्दै मधेश पूर्ण रुपमा बन्द भयो । 

माघ ५ गते फोरमका कार्यकर्ताले माओवादी चढेको गाडीलाई लहानमा रोक्दा प्रदर्शनकारीमाथि गोली चलाउँदा फोरम नेपाल विद्यार्थी फ्रन्टका कार्यकर्ता रमेश महतोलाई गोली लागि घटना स्थलमै उनको मृत्यु भयो । 

माघ ५ गते फोरमका कार्यकर्ताले माओवादी चढेको गाडीलाई लहानमा रोक्दा प्रदर्शनकारीमाथि गोली चलाउँदा फोरम नेपाल विद्यार्थी फ्रन्टका कार्यकर्ता रमेश महतोलाई गोली लागि घटना स्थलमै उनको मृत्यु भयो । 

महतो हत्यापछि झन मधेश आन्दोलन चर्किन थाल्यो । 

उक्त घटना पछि मधेश आन्दोलन दिनप्रति दिन आगो सरि फैलन थाल्यो । 

उता महतोको हत्याको विरोधमा मधेश लगायत देशभर शोकसभा भयो । 

मधेशमा निस्केको र्यालीमा प्रहरीले दमन गर्यो । प्रहरीको दमनका कारण आन्दोलन झन चर्किंदै गयो । 

मधेशमा आन्दोलन आगो सरि फैलिएको देखेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोरम नेपालाई वार्ताका लागि बोलायो । तर, तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजीनामा माग गर्दै फोरम नेपालले वार्तामा बस्न अस्वीकार गर्यो । 

गृहमन्त्री सिटौलाले राजीनामा नदिएसम्म वार्तामा नबस्ने अडानले आन्दोलन झन् सशक्त बन्यो । 

माघ १७ गते तत्कालीन प्रधानमन्त्री कोइरालाले देशवासीको नाममा सम्बोधन गर्न बाध्य भए । 

सम्बोधनमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र थपिने, नयाँ संविधानमा सबै जात, जाति, वर्ग र क्षेत्रका जनताको प्रतिनिधित्व हुने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरियो ।

तर,  प्रधानमन्त्रीको सम्बोधनले मधेशको माग पूरा नभएको भन्दै आन्दोलन बन्द नगर्न फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री कोइरालाले माघ २४ गते देशबासीको नाममा दोस्रो सम्बोधन गरे । 

उक्त सम्बोधनपछि माघ २५ गते फोरम नेपालले १० दिनका लागि आन्दोलन स्थगित गरेको घोषणा गर्यो ।

फोरम नेपालसँग वार्ताका लागि महन्थ ठाकुरको संयोजकत्वमा तीन सदस्यीय सरकारी वार्ता समिति गठन भयो । 

त्यसलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा अधिकार सम्पन्न वार्ता समिति गठन भयो । 

जेठ १८ गतेदेखि ६ चरणमा वार्ता भयो । अन्त्यमा २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भयो । 

सरकार र फोरम नेपालबीच भएको २२ बुँदे सम्झौतामा मधेश आन्दोलनमा शहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने, घाइतेलाई उपचार खर्च ब्यहोर्ने, फोरम नेपालका कार्यकर्तामाथि लगाइएको झूठा मुद्दा खारेज गर्ने, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउने, राज्य पुनर्संरचनासम्बन्धी आयोग गठन गर्ने, स्वायत्त मधेस प्रदेशको निर्माण गर्नेलगायतका बुँदामा सहमति भयो । 

मधेश आन्दोलनले नै अन्तरिक संविधान संघीयता शब्दलाई स्थापित गराएको थियो भने राज्यको हरेक तहमा समावेशीका आधारमा प्रवेश हुने अवसर मधेश आन्दोलन पश्चात् नै भएको थियो । 

तर, अहिले जति समय वित्दै गयो मधेश आन्दोलन त्यति नै पूरानो हुँदै गयो । 

मधेश आन्दोलनको शुरु–शुरुका वर्षमा आज (माघ ५ गते)को दिनलाई मधेशवादी दलहरुले ‘बलिदानी दिवस’को रुपमा मनाउने गर्थे । तर, अहिले सिमत दलले मात्रै छिटफूट रुपमा छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने गरेको पाइन्छ । 

गत वर्ष भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा मधेश आन्दोलनका मुद्दा स्वस्फूर्त रुपमा उठाइएको थियो । 

अहिले देश संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको भूमिका महत्वपूर्ण छ । 

त्यस्तै नागरिकता विषय राष्ट्रिय मद्दा बनेको थियो । तर, अहिले मधेशवादी दल सत्ता र कुर्सिका पछाडि लागेर आजको दिन भुल्दै गएको मधेशी जनताको आरोप  छ । 

अहिले देश संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको भूमिका महत्वपूर्ण छ । 

सयौँ विर  नेपाली  सन्ताले सहादत प्राप्त  गरेर आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको छ ।  

संविधान निर्माण हुनु र २० वर्षपछि स्तानीय तहको निर्वाचन  हुनु  साँच्चीकै नेपाली ईतिहासमा समृद्धिको एउटा ईटा थपिएको छ । तर यो वा त्यो वहानामा विचाराधिन मुद्धाहरु  किनारा नलगाईकन पन्छिनु कसैको लागि पनि फाईदाजनक छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?