बडी बिल्डर सेलिब्रेटी महेश्वर महर्जन भन्छन्, ‘विश्वपछि ब्रह्माण्ड जित्छु’

काठमाडौं । महेश्वर महर्जन अहिलेका बडी बिल्डर सेलिब्रेटी हुन् । हालै थाइल्याण्डमा आयोजित १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले पुरुष ७५ केजी तौल समूहतर्फ स्वर्ण जितेका हुन् । विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएपछि उनी मिडिया तथा सामाजिक सञ्जालमा निकै चर्चामा छन् । 

यसर्थमा उनको जीतले हाम्रो देशमा ‘खेल’कै संज्ञा नदिइएको बडी बिल्डिङलाई अन्य खेलसरह स्थापित हुन धेरथोर टेवा पु-याएको छ । त्यसैले पनि यो जीत अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो, सिंगो देशका लागि पनि । यसअघि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सकेको थिएन ।

गलत राष्ट्रिय धुन बजेको त्यो क्षण 

थाइल्यान्डमा सम्पन्न उक्त प्रतियोगिताको भिडियो बाहिर आएसँगै महेश्वरको जीतको मात्र होइन जीतेपछि पृष्ठभूमिमा बजेको गलत राष्ट्रिय गानको समेत चर्चा चल्यो । 

राष्ट्रिय धुन बजेको १२ सेकेन्ड जति समय उनले राम्रोसँग सुनेका पनि थिएनन् । ज्यादै हर्षित भएर वा गलत धुन पनि बज्न सक्छ भन्ने कल्पना नै नगरेको भएर त्यो उनै जानुन् । तर, जब उनले सुने, थाहा पाए, निकै ढिला भइसकेको थियो ।

प्रतियोगितामा विजेता घोषणा भएपछि प्रथम, द्वितीय र तृतीय उपाधि जित्नेहरुको आआफ्नै देशको राष्ट्रिय धुन क्रमश बजाइयो । नेपालको पालोमा ‘सयौं थुंगा’ को साटो ‘श्रीमान् गम्भीर’ बज्यो । भिडियो हेर्नेलाई समेत लज्जाबोध हुने यो घटना हुँदा त्यहाँ उपस्थित महेश्वरलाई कस्तो अनुभुति भयो ? हामीले प्रश्न राख्यौं । 

राष्ट्रिय झण्डा ओढेर स्टेजमा शानको साथ उभिएका उनको मस्तिष्कमा एक्कासी विजयी र लज्जा दुवै किसिमका भावहरु सिँगौरी खेल्न थालेको उनी बताउँछन् । त्यसो त उनका अनुसार राष्ट्रिय धुन बजेको १२ सेकेन्ड जति समय उनले राम्रोसँग सुनेका पनि थिएनन् । ज्यादै हर्षित भएर वा गलत धुन पनि बज्न सक्छ भन्ने कल्पना नै नगरेको भएर त्यो उनै जानुन् ।

तर, जब उनले सुने, थाहा पाए, निकै ढिला भइसकेको थियो । सबैजना यथास्थानबाट उठेर धुनप्रति सम्मान दर्शाइरहेका थिए । यस्तो अवस्थामा बज्दै गरेको धुन रोक्नु उपयुक्त जस्तो लागेन उनलाई । ‘देशमा गणतन्त्र आइसक्दा पनि राजाको नाम भएको धुन गुञ्जिरहेको सुन्दा कस्तो नरमाइलो लाग्यो’, आफ्नो अनुभूतिलाई ठ्याक्कै शब्दमा उतार्दै उनी थप्छन्, ‘केही समयसम्म त के गरौं, के नगरौं जस्तै भयो तर, यही सोचेर त्यो क्षणलाई खेर फाल्नु थिएन मलाई ।’

त्यसपछि भने महेश्वरले आफ्नो ध्यान अन्तैतिर मोडिदिए । घर फर्किएपछि आफ्नी आमा र परिवारको मुहारमा झल्किने खुसी सम्झिदै भावविह्वल भएको उनी सुनाउँछन् । जीतको खुसी लिएर घर फर्कन नपाउँदै यता भने गलत राष्ट्रिय धुन बजेको भिडियो भाइरल भइसकेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा भएको यस्तो घटनालाई कसैले नेपालबाट गएका पदाधिकारीहरुको लापरवाहीको नाम दिए त कसैले सबै दोष आयोजकको थाप्लोमा थुपारिदिए । जे होस् सबैले आआफ्नो तरिकाले उक्त विषयमा केही समयसम्म टिकाटिप्पणी गरिरहे । महेश्वर भने सबै गल्ती आयोजककै भएको दाबी गर्छन् ।

‘हामीले प्रस्तुति दिँदा बजाउने धुन र राष्ट्रिय धुन गरी जम्मा ३ वटा अडियो फाइल पेनड्राइभमा दिएका थियौं, कपी गर्नेले राष्ट्रिय गान छुटाएछ यसमा हाम्रो के दोष ?’, महेश्वरले अलि कड्किदै स्पष्टिकरण दिए । उनले थपे, ‘यूट्युबमा खोजेर बजाउनु अघि आयोजकले एकचोटी हामीलाई सोध्नुपथ्र्यो’। 

यद्यपी, आफ्नो गल्तीप्रति आयोजकले तत्कालै क्षमायाचना गरिसकेको महेश्वर बताउँछन् । ‘गल्ती भएकै हो तर, आयोजकले माफी मागिसक्नुभयो’, गल्ती गरेपछि प्रयाश्चित गर्नु ठूलो कुरा भएको बताउँदै उनी भन्छन्,‘अबका दिनमा यस्तो नहोला भन्ने आशा छ ।’

‘विश्वपछि अब ब्रह्माण्ड जित्छु’

विश्वस्तरको प्रतियोगितामा जीत हासिल गरिसकेपछि अब महेश्वरको टार्गेट ‘मिस्टर यूनिभर्स’ रहेको उनले बताए । 

मिस्टर युनिभर्समा मिस्टर वल्र्डको ५५ केजीदेखि एक सय केजीसम्मका विभिन्न तौल समूहका विजेता खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिता आगामी वर्ष (सन् २०२०) मा आयोजना हुँदैछ ।शारीरिक सुगठन तथा फिटनेशको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिने ‘मिस्टर युनिभर्स’ प्रतियोगितामा सहभागी हुन शारीरिक र मानसिक रुपमा तयार भएपनि आर्थिक रुपमा सबल नभएको गुनासो महेश्वरले पोखे । 

‘बडीबिल्डिङ जति हेपिएको खेल हो उति नै महंगो पनि’, आफ्नो कमजोर आर्थिक अवस्थाका बारेमा खुलेरै उनले भने, ‘ऋण गरेरै विश्व प्रतियोगितामा त भाग लिएँ र जितें पनि तर, मिस्टर यूनिभर्सका लागि खर्च गर्ने मेरो हैसियत छैन ।’

उनका अनुसार राज्यबाट सहयोग प्राप्त भएको खण्डमा उनी ‘मिस्टर’ यूनिभर्समा भाग लिने छन् र सम्भवतः विजयी पनि पनि हुने छन् । 

‘राज्यले मलाई सहयोग ग-यो भने पक्कै पनि मिस्टर युनिभर्समा सहभागिता जनाउने छु र शायद जित्छु पनि’, महेश्वरले थपे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?