रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । 

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । 

यसैगरी ३ जनालाई सफाई र १३ जना कैद भुक्तान गरेकाले आजै कैदमुक्त हुने फैसला समेत अदालतले सुनाएको छ । 

दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलवार सकिएपछि जिल्ला अदालत कैलालीले आज फैसला गर्ने तयारी गरेको थियो । 

विसं. २०७२ भदौ ७ गते कैलालीको टिकापुररमा एक नाबालकसहित ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरी फैसला आज भएको हो ।

यो पनि :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?