सबेरै बारा पुगेका उपराष्ट्रपतिका छोरा दिपेश राहत तथा उद्धारमा, प्रभावित जिल्लाबाटै गरे यस्तो अपिल (फोटो फिचर)

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन यतिबेला युवा साथीहरुसहित हावाहुरीले वितण्डा मच्चाएको जिल्ला बारामा उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । 

बारा र पर्सा जिल्लामा हिजो साँझदेखि वेगले हावाहुरी चलेकोमा राति हुरीको बहावले पक्की घरसमेत भत्काउँदा सिंगो देशले अपूर्णनिय क्षति व्यहोरिरहेको यो अवस्थामा पुन यूवा साथीहरुसहितसहित उद्धार तथा राहत कार्यमा दत्तचित्त भएर लागिरहेका छन् । 

भिषण हावाहुरीका कारण जनधनको ठूलो क्षति भएको समाचार आउनेबित्तिकै राहत र उद्धारको लागि पहलकदमी लिएका उनी बिहानै बारा पुगेका थिए ।

समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यो दुखद घडीमा सम्पूर्ण देशबासी राहत र उद्धारमा तत्काल जुट्न अपील गरेका छन् । 

उनले भने, यो विषम परिस्थितीमा आउनुहोस् मिलेर सहयोग गरौँ । 

सामाजिक सञ्जाल प्रायोगकर्ताहरुले पनि प्रे फर बारा एण्ड पर्सा भन्दै रक्तदान गर्न, राहत तथा उद्धारमा जुट्न अपिल अनुरोध गरिरहेका छन् । 

यसैबिच विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताले पनि सक्दो सहयोग गर्न र सहयोगी हात अघि बढाउन भनिरहेका छन् । 

सबै तस्विर सामाजिक सञ्जालबाट  

यो पनि पढ्नुहोस् 

रक्तदानमा जुट्यो काठमाडौँ, घाइतेहरु रगत अभावसँग जुध्दै (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?