रंगशाला डोजर प्रकरण: प्रकाश कँडेल सहित चारै जना छुटे, यस्तो शर्त !

निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर क्षति पुर्याएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहित चारै जना छुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुर्ननिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको हो । 

रिहा भएका चारै जनालाई १२ दिनसम्म दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । 

रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान पनि गरिएको छ ।

 

– अञ्जानमा केही गलत बोलेको भए भुलप्रति क्षमाप्रार्थी छौँ : धुर्मुस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?