काठमाडौं । नेपालकी एथ्लेटिक्स खेलाडी कान्छिमाया कोजु यहि शनिवार राजधानीमा आयोजना हुने १२ औँ काठमाडौं म्याराथनको तयारीमा व्यस्त छिन् ।
नियमित अभ्यास गरिरहेको कीर्तिमानी एथ्लिट कोजुको एउटै मात्र उद्देश्य रहेको छ, काठमाडौं म्याराथनको उपाधि जित्ने । पछिल्लो पटक वि.सं २०७३ सालमा उनले यसै प्रतियोगितामा सहभागी हुँदै स्वर्ण पदक जितेकी थिइन् । कोजुले यस प्रतियोगिताको उपाधि अरुको पोल्टामा सजिल्लै जान नदिने बताइन् ।
‘‘म आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विशेष तयारी गरिरहेकी छु, नियमित अभ्यास पनि गर्दै आइरहेकी छु, काठमाडौंको म्याराथनको उपाधि म नै जित्न सक्छु भन्ने मलाई विश्वास छ, तर टाइममा भने सुधार गर्न सकिन्न की भन्ने डर छ’’ उनले लोकपथलाई भनिन् ।
साथै, उनले अभ्यासका दौरान गत साता ‘हामस्ट्रिङ स्ट्रेन’मा समस्या आएपछि आफैले बनाएको राष्ट्रिय कीर्तिमान तोड्न नसक्ने हो की भन्ने चिन्ता लागेको बताइन् । उनले म्याराथनमा आफैले बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । कोजुको नाममा हाल २ घण्टा ५५ मिनेट ४८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
‘‘हामस्ट्रिङ स्ट्रेनमा समस्या आएपनि अहिले अलि ठिक भएको महसुस गरेकी छु, टाइम ट्रायलको रुपमा मैले यो प्रतियोगितालाई लिएकी छु, त्यहि अनुरुप ट्रेनिङ पनि गरिरहेकी छु, मेरो मुख्य उद्देश्य भनेको नै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नु नै हो’’ उनले थपिन् ।
‘‘राष्ट्रिय प्रतियोगिताको समय सर्दा एक प्रकारले हामीलाई फाइदा नै हुन्थ्यो, तयारी गर्ने समय पनि बढ्थ्यो, तर यसरी राष्ट्रिय प्रतियोगिता गर्ने समय पटक-पटक सरिरहदा हामी खेलाडीहरुको मनोबल घट्दै पनि जान्छ, आशा गरौं हामीले समयमा नै नेशनल गेम्स खेल्न पाउ’’
कोजुले काठमाडौं म्याराथनको तीन पटक उपाधि जितिसकेकी छिन् । सन् २००७ बाट शुरु गरेको यस प्रतियोगिता १२ औँ संस्करणसम्म आइपुगेको छ ।
प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन, ५ किलोमिटरको दौड (स्कुल १० वर्षसम्मको, खुल्ला दौड, ४० वर्षमाथिको मास्टर्स दौड), ह्विल चियर र कर्पोरेट रिले म्याराथन सञ्चालन हुने नेपाल ट्राइथलोन संघका अध्यक्ष तथा यस प्रतियोगिताको ‘चिफ अर्गनाइजर’ निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
सह आयोजकको रुपमा प्रो स्पोर्टस प्राइभेट लिमिटेड रहेको यो प्रतियोगितामा विदेशी खेलाडीहरुको समेत सहभागिता रहनेछ । प्रतियोगितामा १० हजार सहभागी गराउने उद्देश्य लिएपनि ५ हजार खेलाडीहरुको मात्र सहभागीता रहने पनि उनले लोकपथलाई बताए ।
यो पनि पढ्नहोस-
दश हजार खेलाडीलाई १२ औँ काठमाडौं म्याराथनमा सहभागी गराउने लक्ष्यः निलेन्द्रराज श्रेष्ठ
जो साथीको जुत्ता लगाएर दौडिन्थिन् स् ओलम्पियन कान्छी माया कोजु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया