‘हल्लाखोर’को समूह बने काँग्रेसका ‘विपक्षी’, अब सिद्धिने कि सुध्रिने ?

प्रसंग १ : चुनावमा हारको रन्थन

ऐतिहासिक प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन वाम गठबन्धनसँग नराम्ररी पराजित भएपछि काँग्रेसमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना मात्रै भएन संस्थापनविरुद्ध तीब्र गुटबन्दी नै भयो ।

मुलतः रामचन्द्र पौडेलको गुट, कृष्ण सिटौलाको गुट र युवा नेताहरुको गुट नेतृत्वविरुद्ध मोर्चाबन्दीमा जुटे । त्यसमा नेता अर्जुन नरसिंह केसीपनि तीब्र रुपमा लागिपरेका थिए । 

देउवाविरोधी ती गुटको आन्तरिक बैठक होस् वा संयुक्त भेला नै किन नहोस् मूल रुपमा हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्ने थियो ।

सँगसँगै नैतिकरुपमा सभापतिले राजीनामा दिनुपर्ने माग मात्रै भएन तत्काल महासमिति बैठक हुँदै महाधिवेशन नै गर्नुपर्ने माग गरियो ।

गत पुसदेखि देउवा इतरका समूहले एक ठाउँमा रही निरन्तर संस्थापन विरुद्ध ‘हमला’ गर्दै आएपनि देउवा खासै दवावमा परेजस्तो देखिन्न । 

गत पुसदेखि देउवा इतरका समूहले एक ठाउँमा रही निरन्तर संस्थापन विरुद्ध ‘हमला’ गर्दै आएपनि देउवा खासै दवावमा परेजस्तो देखिन्न । 

प्रसंग २ः असन्तुष्ट आक्रामक, संस्थापन रणनीतिक 

संघीय चुनावको नतिजा आएसँगै नेतृत्व शुद्धीकरणको मुद्दा बोकेर सबैभन्दा पहिला चन्द्र भण्डारीको संयोजनमा काँग्रेस युवा नेताहरुले देउवाविरुद्ध मोर्चाबन्दी गरे ।

त्यसमा असन्तुष्ट समूहका शीर्ष नेताहरुको समेत सहयोग रहेको भनिएपनि मूल रुपमा भने नेताहरु गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतको सक्रियता रहेको थियो ।

उनीहरुले लगातार देउवाविरुद्ध गतिविधि सञ्चालन गरिरहे पनि खासै असर देखिएन ।

नेताहरु गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतको सक्रियता रहेको थियो ।

उनीहरुले लगातार देउवाविरुद्ध गतिविधि सञ्चालन गरिरहे पनि खासै असर देखिएन ।

यद्यपी असन्तुष्ट समूहले हल्ला यतिसम्म फैलायो कि अब पार्टीनै एक नरहने हो कि जस्तै अवस्थामा पुगेको नेविसंघका एक नेताले स्मरण गरे । तर,  निकै रणनीतिक रुपमा प्रस्तुत हुने देउवा समूहले उनीहरुको माग केन्द्रीय समिति बैठक बाटै झासमिस पारिदियो ।

त्यो बीचमा प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पनि गतिविधि तीब्र पारेका थिए । 

प्रसंग ३ः केन्द्रीय समितिबाट देउवाको विजय !

काँग्रेसको बैशाखमा केन्द्रीय समिति बैठक बस्यो ।

सो बैठकमा अधिकांश नेताहरुले नेतृत्वकै कारणले पार्टी चुनावमा पराजित भएको ठहर गर्दै हारको जिम्मेवारी सभापतिले लिनुपर्ने माग गरे । 

झण्डै महिना दिन चलेको बैठकमा हारको जिम्मेवारी भने देउवाले लिन अस्वीकार गरे । पार्टीको नेतृत्व तहमा रहेका सबैको हार जितमा बराबरी हिस्सेदारी रहने भन्दै चलाखीपूर्ण तबरले देउवाले निर्णय गराइदिए । 

सो निर्णयमा  वरिष्ठ नेता समेत रहेका पौडेल, नेताहरु सिटौला, केसी, सिंह लगायतले असहमति जनाए । 

दुई कम्युनिष्ट पार्टी मिलेको लगायतका कारण चुनाव हारेको भन्दै केन्द्रीय समितिले जिम्मेवारी लिने बैठकको निर्णय थियो ।

जुन निर्णयमा देउवा बोलेपछि आफ्नो सहमति भए नभएको बताउने भन्दै नेता पौडेलेले बोल्न चाहेका थिए ।

कृष्ण सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार पनि प्रस्तावमा आफ्नो धारणा राख्न चाहन्थे ।

गच्छदारले ४–५ पटक प्रयास गरे । तर, देउवाले तपाईको कुरा मै बोलिलिन्छु भन्दै उनले हातमा रहेको कागज ताने र गच्छदारलाई बोल्न दिएनन् ।

देउवाले बोलेपछि हल्लाखल्लाकै बीचमा पौडेलले पनि अहिलेको हारको जिम्मेवारी म लिन्छु भनेर ‘म्यानामिटी’ अर्थात् उदारता देखाउनुस् भनेका थिए । तर, देउवाले मानेनन् । 

देउवाले बोलेपछि हल्लाखल्लाकै बीचमा पौडेलले पनि अहिलेको हारको जिम्मेवारी म लिन्छु भनेर ‘म्यानामिटी’ अर्थात् उदारता देखाउनुस् भनेका थिए ।

तर, देउवाले मानेनन् । 

लगत्तै बैठक सकिएको घोाषणा भयो भने प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर महामन्त्रीको प्रस्ताव सर्वसम्मतीले पारित भएको घोषणा गरे ।

तर, पौडेलले फेरि तत्कालै आपत्ति जनाए ।

उनले पत्रकारहरुलाई बोलाएर निर्णयमा सहमति नभएको बताएका थिए  ।

‘मैले सुरुदेखि नै सभापतिले बोलेपछि चित्त बुझे सहमति जनाउँछु, चित्त नबुझेपछि आफ्नो कुरा राख्छु भनेकै हो’ पौडेलले भनका थिए, ‘सभापतिले एउटा पनि जिम्मेवारी आफूले नलिएपछि चित्त बुझाउने कुुरै भएन ।’

प्रसंग ४ः विवाद थप बल्झियो, देउवा अघि बढेको बढ्यै

केन्द्रीय समिति बैठकपछि विवाद मथ्थर भएर काँग्रेस एकढिक्का हुने जुन अपेक्षा थियो –अनपेक्षित हुन पुग्यो ।

देउवाको हुकुमी शैली नमान्ने भन्दै संस्थापन इतरका समूहले तीब्र लबिइङ थालेपनि त्यो प्रभावकारी बन्न सकेन ।

बरु निकै सकस मानिएको पदाधिकारी मनोनयनदेखि विभिन्न महत्वपूर्ण निर्णय गर्दै अघि बढिरहे । 

यही बीचमा देउवा उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र  सहमहामन्त्रीमा प्रकाश शरण महतका साथै प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनित गरिदिए ।

सँगैसँगै काँग्रेस सभापतिहरुको भेलादेखि महासमितिको बैठक पनि बोलाए ।

भलै सभापतिको भेला हेहटौडामा सम्पन्न भइसकेको भएपनि निकै महत्वका साथ हेरिएको महासमिति बैठक हुने क्रममा रहेको छ । 

प्रसंग ५ः गच्छदारको मनोनयन र  थप असन्तुष्टि

कात्तिक २० मा सम्पन्न केन्द्रीय समिति बैठकबाट देउवाले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गराए ।

उनको नेतृत्वको लोकतान्त्रिक फोरम गतवर्ष कांग्रेसमा समाहित भएको थियो । उनलाई उपसभापतिमा मनोनित गरेसँगै पार्टी एकताका बेला भएको सहमति कार्यन्यवन सुरु भएको कांग्रेसले बताएको छ ।

गच्छदारलाई पार्र्टीको विधानविपरित उपसभापतिमा मनोनित गरिएकोप्रति संस्थापन इतरका नेताहरुले असन्तुष्टि जनाए । 

नेता अर्जुननरसिंह केसीले पार्र्टी  एकता गर्दा भएको सहमति कार्यान्वयन गर्नका लागि बाधा अड्काउ फुकाउको बाटो अपनाउन सकिने र त्यसका लागि एउटा छुट्टै समिति बनाउ सकिने प्रस्ताव आफूहरुले राखेको राखेको भएपनि त्यसलाई बेवास्ता गर्दै पार्टीको विधि विधान बाहिर गएर गच्छदारलाई उपसभापतिमा मानोनित गरिएको बताएका छन् । 

कांग्रेसमा पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ । यसअघि गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मात्रै थिए ।

गच्छदारलाई मनोनित गरिएकोबारे मिडियासँग केसीले बताएका थिए– ‘प्रजातन्त्रिक पार्टी  यो अलोकतान्त्रिक कदम हो । उहाँलाई उपसभापति बनाइएकोमा आपत्ति होइन प्रक्रियाप्रति मेरो आपत्ति छ ।’

गच्छदारलाई मनोनित गरिएकोबारे मिडियासँग केसीले बताएका थिए– ‘प्रजातन्त्रिक पार्टी  यो अलोकतान्त्रिक कदम हो ।

उहाँलाई उपसभापति बनाइएकोमा आपत्ति होइन प्रक्रियाप्रति मेरो आपत्ति छ ।’

उनले पार्टी नेतृत्व फेरि पनि विधि विधानबाट चल्न नखोजेको पुष्टि भएको दाबी गरेका छन् ।

त्यतिबेला गच्छदारलाई उपसभापतिमा मानोनित प्रक्रिया पार्र्टीको विधान विपरित भएको भन्दै बैठकमै संस्थापन इतर पक्षका नेताहरुले कुरा उठाएका थिए ।

तर, पार्टी सभापति देउवाले यसलाई राजनीतिक आवश्यकताका रुपमा बुझ्न आग्रह गरेका थिए ।

****
माथिको ५ प्रसंगले के देखाउँछ भने काँग्रेसमा संस्थापन र संस्थापन इतरका समूहबीच तीब्र फाटो छ ।

तर त्यो फाटो तत्काल मेटिने छनक देखिँदैन बरु थप लम्बिने जस्तो देखिन्छ ।  

संस्थापन इतरकाले तीब्र रुपमा नेतृत्वविरुद्ध समानान्तर गतिविधि चलाइरहने र संस्थापन रणनीतिक रुपमा अघि बढ्नुले समस्या ज्यूँको त्यूँ रहने काँग्रेसका नेताहरु बताउँछन् । 

काँग्रेसका एक नेताले लोकतान्त्रिक पार्टीभित्र अहिले जुन किसिमको गतिविधि भइरहेको छ त्यो लोकतान्त्रिक प्रणालीजस्तो देखिएपनि कुरुपता थपिइरहेको प्रतिक्रिया दिए ।

काँग्रेसका एक नेताले लोकतान्त्रिक पार्टीभित्र अहिले जुन किसिमको गतिविधि भइरहेको छ त्यो लोकतान्त्रिक प्रणालीजस्तो देखिएपनि कुरुपता थपिइरहेको प्रतिक्रिया दिए ।

उनले पार्टीभित्रको दुई लाइन संघर्ष र गुटउपगुटले काँग्रेस कमजोर बन्दै जाने बताए । 

असन्तुष्टको हल्ला, संस्थापनको ‘गोप्य रणनीति’

कात्तिक २६ गते काँग्रेस नेत्री सुजाता कोइरालाको घरमा काँग्रेसका ७ शीर्ष नेताहरुको जमघट भयो ।

उनीहरुबीच देउवाविरुद्ध मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको भन्दै सहयोगीहरुबाट प्रचार गराइयो ।

तर के विषयमा कुराकानी भयो भन्नेबारे चाही विश्वसनीय तथ्य खुलाइएन ।

जुन छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा रामशरण महत सहभागी भएका दिए । 

त्यसको भोलिपल्ट युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरेलगायतका ११ नेताहरुको भेला भयो ।

त्यसमा पनि त्यस्तै प्रचार गरियो ।

देउवा विरुद्धका भनिएका भेलाहरु पछि असन्तुष्ट समूह निकै प्रचारमा जुट्छ तर परिणाम भने शूल्य देखिने गरेको छ ।

 

काँग्रेसकै एक नेताले असन्तुष्ट समूहको भेला प्रभावहीन देखिएको बताए ।

‘संस्थापनको पनि रणनीति बनाउन भेला हुन्छ । तर उनीहरुको कहिले पनि यस्ता विषय बाहिर आउँदैन ।

तर, असन्तुष्ट समूह भने चिया खान भएको भेटलाई पनि देउवाविरुद्धको मोर्चा बन्दी भन्दै प्रचार गर्छ । यो गलत त हुँदै हो देउवा कति शक्तिशाली छन् भन्ने पनि पुष्टि गर्दछ ।’

हुन पनि कतिपय कार्यकर्ताले असन्तुष्ट समूहले जतिनै दवाव मूलक अभियान चलाएको भएपनि देउवाले कुनै दवाव महसुश नगरेको र निरन्तर गर्नुपर्ने कामहरु गरिहरेको बताउँछन् ।

यसको साटो रचनात्मक रुपमा दुबै समूह सहमतिको बाटोबाट अघि बढ्दै संगठन निर्माणमा जुट्नुपर्ने बताउँछन् ।  

‘पौडेल समूह संगठनमा कम लागेको देखिन्छ ।

हल्ला गरेर संगठनत बन्दैन ।

यसमा सिटौला, सिंह केसी, कोइरालाहरुले राम्ररी समीक्षा गर्नुपर्छ’ पौडेल निकटकै मानिने एक केन्द्रीय सदस्यले भने, ‘हल्लाले पार्टी बन्दैन ।

देउवाको विरोधी भनेर चिनिएकाहरु हल्ला गर्नमै मस्त छन् । यसरी पार्टी बन्छ ?

देउवाको विरोधी भनेर चिनिएकाहरु हल्ला गर्नमै मस्त छन् । यसरी पार्टी बन्छ ?’

चुनावपछि निरन्तर रुपमा देउवामाथि असन्तुष्ट समूहले दवाव बढाएको भएपनि त्यसको सामना गर्दै देउवा अहिले महासमिति बैठकको तयारीमा छन् ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म हुनेछ । 

अब पनि हल्लामै समय बिताउने कि देउवा जस्तै रणनीतिक रुपमा अघि बढ्ने त्यो भने उनीहरुकै आगामी बाटोले तय गर्ला ।

तर यसरी हल्लामै सीमित हुने हो भने निकट भविष्यमा हुने महाधिवेशनमा संस्थापन इतर समूह थप कमजोर बने कुनै अनौठो हुने छैन । 

यो पनि पढ्नुहोस् : 

९ वर्षपछि सुजाताको घरमा केसीको पाइला

कांग्रेस महासमिति बैठक स-यो, अरु के के निर्णय भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?