निर्मलाको तस्वीर अंकित स्टिकर अब ज्याकेट र ब्यागमा पनि

काठमाडौं । स्वतन्त्र युवाहरुको समूहले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्वीर अंकित स्टिकर ज्याकेट र ब्यागहरुमा टाँस्न थालेका छन् । 

प्रहरीले निर्मलाको तस्वीर अंकित पोस्टरहरु च्यात्न थालेपनि स्वतन्त्र युवाहरुको समूहले उक्त अभियान शुरु गरेका हुन् । 

सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा निर्मलाको तस्वीरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान शुरू गरेका हुन् । साथै प्रहरीले यसो गर्दा च्यात्न नसक्ने उनीहरुको भनाइ छ । 

स्वतन्त्र युवाहरुको समूहका अनुसार यो अभियानले सरकारलाई दबाब पुग्ने बताए । उनहरु भन्छन्, ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्न हामी आह्वान गर्छौं, किनकि यसो गर्दा सरकारलाई दबाब पुगोस् ।’

प्रहरीले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका केही जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोष्टर च्यात्ने र पोष्टर टाँस्नेहरुलाई पक्राउ गर्दै आएको छ । 

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?