जोशी हार्इड्रोपावरको ‘खराब अार्इपीअो’मा अाकर्षण, लगानीकर्तालार्इ प्रश्न : अझै बजार बढेन भन्दै अान्दोलन गर्ने ?

काठमाडाैं : पूँजीबजारमा लगानी गरेका भनिएका 'शेयर लगानीकर्ता दबाब समूह' ले केहि हप्ता यता अचम्मको अान्दोलन गर्दै अाएको छ । लगानीकर्ताका विभिन्न छातासंस्था हुँदाहुँदै बीचमा गोलमटोल माग राखेर हाइपमा अाएको यो समूहका माग पनि अचम्मका छन् : ''शेयर बजार तत्काल बढाउनुपर्छ, अन्याथा अनशन बस्छाैं ।''

पूँजीबजारको भाष्य र भविष्यबारे कुनै सोचबिचार नगरि जस्तासुकै कम्पनीको शेयरमा पैसा खन्याउने, बजारको विश्लेषण फिटिक्कै गर्न नजान्ने र लगानी सचेतनाको पाटोमा खासै लगानी नगर्ने लगानीकर्ताहरूको बाहुल्यता नेपालको पूँजीबजारमा कायम छ । नियामक नेपाल धितोपत्र बोर्ड र एउटै मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को काम गरार्इले यतिखेर सचेत लगानीकर्ताहरूलार्इ समेत हैरान बनार्इरहेको छ । पूँजीबजारमा अनलार्इन प्रणाली भित्र्याउने, तर प्रभावकारी काम गर्न नसक्ने नियामक र बजारले अाम लगानीकर्तालार्इ समस्यामा पारेको छ ।

यो पनि :  यस्ता छन् आन्दोलित शेयर लगानीकर्ताका माग

तर, यो भन्दा ठूलो हैरानी चाहिँ जोशी हार्इड्रोपावरले निष्काशन गरेको 'सबैभन्दा खराब अार्इपीअो'मा तिनै अान्दोलित लगानीकर्ताले गरेको अावेदनले पारेको छ । रेटिङ एजेन्सी र्इक्रा नेपालले जोशीको अार्इपीअोलार्इ 'र्इक्रा रेटिङ-अार्इपीअो ग्रेड ५' प्रदान गरेको छ, जुन रेटिङले कम्पनीको अवस्था अाैषतभन्दा निकै कमजोर रहेको देखाउँछ । 

जोशी हार्इड्रोले मंसिर १६ गते अार्इतबारदेखि अार्इपीअो बिक्री खुला गरेकोमा १७ गते सोमबार (हिजो) सम्ममा निर्धारित कित्ता भन्दा बढी संख्यामा अावेदन परिसकेको छ । १६ लाख ९० हजार ४७० कित्ता साधारण आर्इपीओ बिक्री खुला गरिएकोमा हालसम्म २५ करोड ७० लाख ७१ हजार रूपैयाँ बराबरको अावेदन परिसकेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

यो पनि : आर्इतबारदेखि जोशी हार्इड्रोले १६ लाख ९० हजार कित्ता आर्इपीओ जारी गर्ने

यो कम्पनीले र्इलाम जिल्लामा अपर पुवा-१ अायोजना सञ्चालन गरिरहेको छ । यसअघि अायोजना प्रभावितले नै जोशीको अार्इपीअो खरिदमा रूची दिएका थिएनन् । जोशी हार्इड्रोले स्थानीयबासीलार्इ ३ लाख ७१ हजार ४०० कित्ता अार्इपीअो निष्काशन गरेकोमा १ लाख २९ हजार ३९० कित्तामा मात्रै आवेदन परेको थियो । यो अावेदन कुल कित्तामा ३३% मात्र हो ।

यो पनि : यी ५ हाइड्रोपावर कम्पनी, जसको आर्इपीओ किन्नुअघि 'रेटिङ' हेर्नुहोस

प्रतिकित्ता १०० रूपैयाँमै खरिद गर्न सकिने हुनाले र खासै घाटा नपर्ने हुनाले जोशीको अार्इपीअो किनेको तर्क लगानीकर्ताले गर्न सक्छन् । तर, ऋण तिर्न र बाँकी दायित्व भुक्तान गर्नकै लागि जारी भएको अार्इपीअो र त्यसमाथि खराब ग्रेडिङ, चालु अार्थिक बर्षमा उल्टै घाटामा जाने, नाफामा गएपनि २ बर्षमा प्रतिशेयर अाम्दानी क्रमश : ५.१२ र ६.०४ रूपैयाँमै खुम्चिने अार्इपीअो २ दिनमै 'अोभर सस्क्रार्इब्ड' हुनुलार्इ नेपालका लगानीकर्ताहरूको चेतनासँग जोडेर विश्लेषण गर्न सकिन्छ ।

जोशी हार्इड्रोको लगानी फिर्ता अवधि नै ३० बर्ष लामो छ । अर्थात, ३० बर्षपछि मात्रै व्याजदर अनुमान गरि डिस्काउन्टसहितको शेयर फिर्ता गर्न सकिनेछ । ३० बर्षमा त अायोजना नै सरकारलार्इ बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?