विश्व व्यापारमा अातंक मच्चाउने डलरको भाउ ११३ रूपैयाँमा झ-यो

काठमाडाैं : नेपाली रूपैयाँको विनियम र्इतिहासमै रेकर्ड कायम गरेको अमेरिकी डलरको सटही मूल्य ११९ रूपैयाँ १० पैसाबाट ११३ रूपैयाँ ३८ पैसामा झरेको छ । 

असोज २४ गते नेपाली रूपैयाँसँग १ अमेरिकी डलरको  खरिददर ११७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रूपैयाँ १० पैसा कायम भएको थियो । तर, अाज अार्इतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर तालिकामा १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ र बिक्रीदर ११३ रूपैयाँ ३८ पैसा कायम भएको छ ।

अमेरिकी डलर साट्दा नेपाली रूपैयाँ कम प्राप्त गर्नुको अर्थ नेपालको मुद्रा बलियो हुनु हो । अायातमा निर्भर नेपालजस्तो मुलुकका लागि डलरको भाउ घट्दा व्यापार घाटामा कटाैती हुन्छ भने दैनिक उपभोग्य बस्तुहरूको मूल्य पनि घट्छ । 

अाजका लागि युरो १ को खरिददर १२८ रूपैयाँ १८ पैसा र बिक्रीदर १२८ रूपैयाँ ८६ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५५ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ८१ रूपैयाँ ९८ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ २४ पैसा र बिक्रीदर १६ रूपैयाँ ३२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ६ पैसा र बिक्रीदर ३० रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस : 

विश्व व्यापारको घनचक्कर ! नाकाबन्दी लगाउने अमेरिका, मार खेप्ने नेपाली !

डलरको भाउ १२० रूपैयाँ नजिक, यस्तो छ विनिमयदर

डलर महँगिदा खुसीयाली !

अमेरिकी डलर बलियो हुँदा पाकिस्तान टाट पल्टिने संघारमा

नेपालीलार्इ विदेश घुम्न 'डलरको अंकुश' !

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ १४ पैसा, युएर्इ दिहराम १ को खरिददर ३० रूपैयाँ ७० पैसा र बिक्रीदर ३० रूपैयाँ ८७ पैसा, मलेसियन रिंगेट १ को खरिददर २६ रूपैयाँ ८९ पैसा र बिक्रीदर २७ रूपैयाँ ३ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसा, कुवेती दिनार १ को खरिददर ३७० रूपैयाँ ९३ पैसा तथा बिक्रीदर ३७२ रूपैयाँ ९० पैसा र बहरार्इन दिनार १ को खरिददर ३९९ रूपैयाँ १९ पैसा तथा बिक्रीदर ३०० रूपैयाँ ७८ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?