रौतहट एसिड काण्ड : प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड

रौतहट । चन्द्रपुर नगरपालिका वडा  नं.६ बजार टोलकी १८ वर्षीया सम्झनाकुमारी दासले रामबाबु पासवानको प्रेम प्रस्ताव अस्वीकर गर्दा एसिडको सिकार बन्न पुगेकी छन् । 

छिमेकी ठूला बुबा पर्ने ५० वर्षीया रामबाबु पासवानले पटक–पटक प्रेम प्रस्ताव राखे पनि सम्झनाले अस्वीकार गर्दै आएकी थिइन् । 

पासवानले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण गत भदौ २६ गते चन्द्रपुर नगरपालिका बजार टोलमा आफ्नै निवासमा सुतिरहेको अवस्थामा रातको १२ बजे १८ वर्षीया सम्झना दास र उनकी बहिनी सुस्मिता दासमाथि एसिड प्रहार गरेका थिए । 

उनीहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार गराइरहेको छ । 

एसिड प्रहार गर्ने पासवाललाई प्रहरीले नियन्त्रणमा लिई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । 

पीडितका बाबु जदोलाल दासले दिएको जाहेरी, पीडितको बयान र कल डिटेलका आधारमा पासवानलाई प्रहरीले घटना भएको ६ दिनपछि पक्राउ गरिएको थियो ।  

दिदी सम्झना दास कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको अति संवेदनशील मानिने आइसियू कक्षको ५ नम्बर बेडमा छट्पटाईरहेकी छिन् । चिकित्सकका अनुसार उनको अनुहार सहित शरीरको अगाडिको पुरै भाग जलेको छ । शरीरको ३५ प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको कारण अत्यन्तै क्रिटिकल अवस्था भएकोले यसै भन्न नसकिने चिकित्सकको भनाई छ । दिदीसँगै सुतेकी बहिनी सुस्मिता को हात एसिडले जलेको छ ।

यो नि हेर्नुसोस् 

रौतहट एसिड काण्ड : प्रहरीले सार्वजनिक गरेका आरोपीमा पीडितका ठूलाबा

रौतहट एसिडकाण्ड : छिमेकी ठूलोबुवा पर्नेलाई पक्रियो प्रहरीले, अनुसन्धान हुँदै

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?