कुटाइ खाने सचिवले मध्य रातमा लेखे फेसबुक स्टाटस, ‘मन्त्रीजी मलाई पिटेरै शानसँग हिड्नु भएको छ’

काठमाडौं । प्रदेश २ का वन तथा वातावरण सचिव विद्यानाथ झाले चारैतिर दौड्दा पनि आफूले न्याय नपाएको बताएका छन् । 

गत पुस २९ गते आइतवार दिउँसो करिब ३ बजे प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव  सचिव विद्यानाथ झालाई झापड हालेका थिए । 

यादवको कार्यक्षमा दुवैबीच विवाद भएको थियो । विवादपछि सचिव झाले आफूलाई मन्त्री यादवले कुटपिट गरेको बताएका थिए । आफूलाई मन्त्री यादवले मन्त्रालयमा बोलाएर थप्पड हानेको भन्दै झाले पत्रकार सम्मेलन समेत गरे । 

सचिव झाले शनिवार राति १२ बजे ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाएको र शक्तिको अडागी निरिह बन्दै गएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो । चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु । मन्त्रीजी मलाई पिटेरै शानसँग हिड्नु भएको छ, आधिकारिक धनुषाको साथिहरु के को लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो, र त्यसको कारण पनि (अस्ति को सरुवा) । विज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेसहेको सम्मान पनि पखालियो । मेरो र अर्थमन्त्रि बीच को घटना ? २९ गते कै तपाईहरुकै विज्ञप्तिसँग मेल खादैन ।’

‘दुई तिन दिन यसो पेन डाउन गरेर नाटक गर्नु भो र शक्तिका अगाडी घुडा टेक्नु भो । तर, भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको यो केसमा सत्य र सदाचार हार्नु हो । मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो ।’ उनले भनेका छन् । 
तपाईहरुको आन्दोलन भन्दा उपलब्धि त मेरो पहिले दिन एक्लैको संघर्षकोले प्राप्त गरि सकेको थिए। मा. मुख्यमन्त्री जीले मसँग “तपाईसँग अन्याय भएको छ, माफ गरिदिनुस्’’ भनि सक्नु भएको थियो । तर, याद गर्नु होला यो विज्ञप्तिका ड्राफ्ट कर्ता ज्यु, जुन बिऊ आज तपाईहरु असत्यको अगाडी घुडा टेकेर रोप्नु परेको छ, त्यसको फल पनि कालान्तरमा तपाई नै टिप्नु पर्ला ।’ 
‘फरेस्टर मर्दा मात्र फुलको माला चढाई दिने NFA, NEFTA संग पनि अपेक्षा रहेन । अध्यक्ष ज्युहरु बडो जोडले भाषण गर्नु हुन्थ्यो, कि राम्रो काम गर्नुस केहि भयो भने हामि लड्छौ । राम बिचारी जी पिटिदा वहा कै गल्ति थियो भनेर पन्छिनु भो । मलाई के भन्नु हुन्छ ? यो लडाई मेरो लागि व्यक्तिगत तवरमा अझै जारि छ, जारि रहन्छ, मैले भनेको थिए अन्तिम सास सम्म लड्छु, कम्जोर छु तर लड्छु, तपाई हरुले जस्तो घुडा टेक्दिन ! तपाईहरु बाहेक, मलाई चिन्ने र नचिन्ने सोसल मिडिया र पत्रपत्रिका र रजिस्टरमा सिग्नेचर गरेर केन्द्रिय गृह मन्त्रालयमा बुझाउनु हुने सम्पूर्ण सकल दर्जाका स्वतन्त्र कर्मचारी साथिहरु प्रति आभार व्यक्त गर्दछु, नतमस्तक छु ।’ उनले फेसबुक स्टाटसमा लेखोका छन् । 

यसै विषयमा छनविन गर्न प्रदेश सरकारले तत्कालै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा छानबिन समिति पनि बनायो । तर, समितिको म्याद आज सकिँदैछ भने समितिले  प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।

यसैगरी सचिव झाले आधिकारिक ट्रेड युनियनका कर्मचारीसहित अन्य कर्मचारी सङ्गठनले मन्त्रीसँग लेनदेनका आधारमा आन्दोलन फिर्ता लिएको आरोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?