डान्सर जोडीको लोभलाग्दो यात्रा : एकैसाथ भन्छन्, ‘पैसा हावामा छ, टिप्न जान्नुपर्छ’

काठमाडौं । ६ वर्षको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका राज र सुम्निमाले ‘डान्स’मै आफ्नो खुसी खोजिरहेका छन् अनि पाइरहेका पनि छन् । खुसीको परिभाषा सोध्दा भन्छन्, ‘डान्स र एक अर्काको साथ’ ।

राज विगत १२ वर्षदेखि आफै डान्स सिकिरहेका छन् र सिकाइरहेका पनि छन् । हिरोहरुले नाचेको देखेर डान्स सिकेका उनलाई थाहा थिएन यही क्षेत्रमा आफ्नो करियर बनाउन सकिन्छ भनेर । सिक्ने क्रममा उनले त डान्सको महत्त्व बुझे तर अरुलाई बुझाउन निकै गाह्रो भएको बताउँछन् । 

के काम गर्छौ भन्ने प्रश्नमा डान्स भन्दा सबैको एउटै खालको प्रतिक्रिया हुन्थ्यो । ‘डान्स त गर्छस् तर, काम चाहिँ के गर्छस् ?’ यस्तै प्रश्नले उनलाई ‘डान्स’लाई नै आफ्नो कर्म बनाउने हौसला दियो ।

नेपालमा मात्रै नभएर भारतमा समेत डान्स सिकेर आएका राजले अन्ततः आफ्नै डान्स एकाडेमी खोल्ने योजना बुने । योजनाले मूर्तरुप लियो । त्यसकै परिणाम हो ‘एस स्टाइल डान्स एकाडेमी’ । राज बिहान ५ बजेदेखि साँझ ७ बजेसम्ममा जम्मा ५ सिफ्ट गरेर डान्स सिकाउँछन् ।

नेपालका चर्चित कोरियोग्राफर गम्भीरविष्टसँग काम गरिसकेका उनले सुम्निमालाई गम्भीरकै डान्स एकाडेमीमा भेटेका हुन् । राज डान्स सिकाउँथे, सुम्निमा सिक्थिन् । त्यसैले, सुम्निमा राजलाई आफ्नो ‘डान्सिङ गुरु’ पनि मान्छिन् । 

‘रहर’ लागेर नाच्न शुरु गरेकी सुम्निमाले पनि डान्सलाई नै आफ्नो करियर बनाएकी छिन् । उनको मास्टर्सको डिग्री नाममै सीमित नहोस् भनेर राज उनलाई पढाइअनुसारको काम गर्ने सल्लाह दिइरहन्छन् तर, उनी भन्छिन्, ‘डान्सका अतिरिक्त अन्य क्षेत्रमा लाग्ने इच्छा नै छैन । जुन कामले खुसी नै दिदैन त्यो कसरी गर्ने ?’

त्यसैले, बिहानको समय उनी गम्भीर विष्टको डान्स एकाडेमीमा जुम्बा सिकाउँछिन् र दिउँसो आफ्नो ‘थेसिस’को तयारीमा लागिरहेकी छिन् ।

राज र सुम्निमाले डान्समार्फत् आफ्नो सपना मात्र पूरा गरिरहेका छैनन्, आफूजस्तै ‘डान्स’ का लागि मरिमेट्नेहरुको सपनालाई पनि ढाडस दिइरहेका छन् । भविष्यमा डान्सर बन्छु भन्ने ससाना नानीबाबुहरुको ‘गुरु’ बन्न पाउँदा उनीहरु दङ्ग छन् । 

त्यस्तै डान्सलाई पेशा नै नमान्ने समाजको मुख आजकल उनीहरुलाई प्रश्न गर्न भन्दा पनि स्याबासी दिनलाई खुल्छन् । घरव्यवहार चलाउनेदेखि आफ्नै विवाह गर्ने पैसा समेत राजले डान्सबाटै कमाएका हुन् ।

भन्छन्, ‘पैसा हावामा छ, टिप्न सक्नुप¥यो । मलाई डान्सले आफ्नै देशमा नाम र दाम दुवै दिइरहेको छ । किन जाने विदेश ?’

अन्य एपिसोड हेर्नलाई तलको लिंक क्लिक गर्नुहोस् :

ह्यासट्याग स्माइल १ : हेलचेक्राइले निम्त्याएको भयावह परिणाम : दृष्टिविहीन शिक्षक दम्पत्तीले यसरी जोडे अथाह खुसी
ह्यासट्याग स्माइल २ : वैदेशिक रोजगारी भन्दा ठेलामा व्यापार गर्दा लाखौँ कमाइ
ह्यासट्याग स्माइल ३ : करोडपति क्षेत्रबहादुर यसरी बने घरबारविहीन, जिन्दगीले सिकाएको पाठ सम्झदै भने, ‘कमाएर होइन रमाएर बाँचेको छु’
ह्यासट्याग स्माइल ४ : नेपालकी पहिलो महिला डोजर चालक मुना, यस्ता छन् डोजर चलाउँदाका खतरनाक अनुभव 
ह्यासट्याग स्माइल ५ : कान नसुन्ने राष्ट्रिय क्रिकेट खेलाडी र उनकी ‘एसएलसी टपर’ श्रीमती
ह्यासट्याग स्माइल ६ : लाखौंको व्यापार छोडेर पशुपन्छी र मान्छेको सेवामा होमिएका दुर्गानाथ : यसरी शुरु भयो ‘नवजीवन परोपकार समाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?