श्रीमानलाई तेजाब छ्यापिन् श्रीमतीले, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं काठमाडौंको बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि उनकै पत्नीले एसिड आक्रमण गरेकी छिन् ।

घटना सोमबार राति साढे १२ बजेको हो । एसिड आक्रमणबाट घाइते भएका थापालाई उपचारका लागि तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो । नुवाकोट घर भई काठमाडौंको बालाजुमा बस्दै आएका रामराजा र प्रतिमाबीच ६ वर्षअघि विवाह भएको बुझिएको छ ।

माइक्रो बस चालकको रुपमा काम गर्ने २७ वर्षीय थापामाथि पत्नी प्रतिमाले राति सुतिरहेकै बेला अनुहार र शरीरमा तेजाब छ्यापेकी हुन् ।

तर प्रतिमाले आफैँले छ्यापेको स्विकारेकी छैनन् । उनले टाउको माथि राखेको एसिडको भाँडो आफैँ घोप्टिएको भनिरहेकी छिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आपसमा कलह भएपछि श्रीमतीले यस्तो किकृष्ट काम गरेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि लोकपथ डटकममा प्रकासन भएका तेजाव आक्रमण सम्बन्धि समाचारहरु पढ्न तलका लिंक क्लिक गर्नुहोस्

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

रौतहट एसिड काण्ड : प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड

रौतहट एसिड काण्ड : प्रहरीले सार्वजनिक गरेका आरोपीमा पीडितका ठूलाबा

रौतहट एसिडकाण्ड : छिमेकी ठूलोबुवा पर्नेलाई पक्रियो प्रहरीले, अनुसन्धान हुँदै

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?