काठमाडौं । दुई साताअघि एसिड आक्रमणमा परेर घाइते भएकि रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चन्द्रपुर नगरपालिका- ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २६ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो ।
बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले जलेको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ। उनी जादोलालका छिमेकी थिए।
पासवानले समझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उनका सम्न्धमा थप छानबिन भइरहेको छ ।
एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको छ ।
सम्बन्धित समाचार
-
रौतहट एसिड काण्ड : प्रहरीले सार्वजनिक गरेका आरोपीमा पीडितका ठूलाबा
-
रौतहट एसिडकाण्ड : छिमेकी ठूलोबुवा पर्नेलाई पक्रियो प्रहरीले, अनुसन्धान हुँदै
-
एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया