एनएमबीको ३५ लाख कित्ता एफपीअो अन्डररार्इटरले स्वीकार्नुपर्ने स्थिति

काठमाडाैं : अावेदन दिने समय १ दिन मात्रै बाँकी रहँदा ३५ लाख ७७ हजार ३ सय २५ कित्ता शेयरमा अावेदन नै नपरेपछि एमएमबी बैंकको बाँकी एफपीअो अण्डररार्इटरले नै स्वीकार्नुपर्ने स्थिति अाएको छ । 

प्रतिकित्ता ३ सय ३३ रूपैयाँमा एनएमबीले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीअो निष्काशन गरेको थियो । जेठ ३० देखि निष्काशन गरेको एफपीअोमा सर्वसाधारण लगानीकर्ताले रूची नदेखाएपछि संस्थागत लगानीकर्ताले समेत शेयर उठाउन पाउने व्यवस्था गरिएको थियो ।

संस्थागत लगानीकर्ताले पनि चासो मात्र देखाउने, तर अावदेन नदिने समस्या भएपछि समस्या फुकार्इदिन बिक्री प्रबन्धक नागरिक लगानी कोष र बैंकले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलार्इ गुहारेको थियो ।

एफपीअो नबिकेपछि असार ३ गते धितोपत्र बोर्डले एनएमबीको एफपीअो बिक्रीलार्इ सहज बनाउन धितोपत्र निष्काशन तथा वाँडफाँट निर्देशिका, २०७४ नै संशोधन गरिदिएको थियो । धितोपत्रका लागि अावदेन दिन पाउने सिमा कूल निष्काशनको ०.५ प्रतिशत व्यवहारिक नभएको भन्दै बोर्डले चाहेजति कित्तामा अावदेन दिन पाउने अवसर लगानीकर्तालार्इ दियो ।

पूँजीबजार नियामकले निर्देशिका नै संशोधन गर्दा पनि एनएमबीको एफपीअोमा सर्वसाधारणले रूची देखाएका छैनन् । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार मंगलबार साँझसम्ममा एनएमबीको ७८ लाख ३७ हजार ८३७.८३ कित्ता एफपीअोका लागि मात्रै अावेदन परेको छ ।

एनएमबीले एफपीअो बिक्री गर्ने समय असार २८ गतेसम्म मात्र तोकेको छ । अब १ दिनमा बाँकी एफपीअो बिक्न मुस्किल हुने कोषका कर्मचारीहरू बताउँछन् । यसहिसाबले, एनएमबीको लाखाैं कित्ता एफपीअो अन्डररार्इटरले उठाउनुपर्ने स्थिति देखिएको हो ।

संस्थापक र सर्वसाधारण सेयरधनीको शेयर स्वामित्व ५१ र ४९ प्रतिशत कायम गर्न एफपीअो निष्काशन गरेको एनएमबीको समस्या पछिल्लो पटक एफपीअो जारी गरेको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले पनि भोगिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?