निर्मलाको आमाबुबा र प्रधानमन्त्रीबीच भेटवार्ता : के भने प्रधानमन्त्रीले ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।  

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र निर्मलाकी आमा दुर्गादेवी र बुवा यज्ञराज  पन्तका साथै प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरुबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्रीसँग पहिलो चोटी प्रत्यक्ष भेटेकी निर्मलाकी आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तले अपराधी चाँडो पत्ता लगाइदिन अनुरोध गरेका थिए । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार निर्मलाकी आमाले प्रधानमन्त्रीसमक्ष घटनाबारे सबै विवरण खुलाएकि थिइन् । 

निर्मलाकी आमाको घटनाबारेको बयान सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखी बनाएको र अपराधा पत्ता लागाउने आश्वासन दिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले  आइतबार मात्रै प्रहरी प्रधान कार्यालयले डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको कारण छिट्टै अपराधी पत्ता लगाउने बताए । उनले भने, ‘निर्मलाको अभिभावक म पनि हुँ । यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु ।’ अपराधी छिट्टै पत्ता लगाउने दोहोर्याएका प्रधानमन्त्रीले थपे, ‘पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ । यो समितिले अपराधी पत्ता लगाउछ ।’ 

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि हत्या भएको ५४ दिन वितिसक्दापनि प्रहरीले अपराधी फेला पार्न सकेको छैन । 

यो पनि हेर्नुहोस् 
कञ्चनपुर प्रकरणका ‘खलपात्र’ एसपी विष्टको बयान – त्यस्तो पाप कामको हामी कल्पनासमेत गर्न सक्दैनौं

निर्मला बलात्कारपछि हत्या प्रकरण : गृहमन्त्री र आईजीपीकै मत बाँझियो

‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

सिआइबीका डिएसपी जिसीको जागिर धरापमा, एसएसपी सुवेदीको काण्डमा छानबिन टोली  गठन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?