न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय १५ दिन पुरा भएको छ  । दिन लम्बिँदै छ तर प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न सकेको छैन भने सरकारको मौनता यथावत नै छ । एक पछि अर्को घटनाले थप रहस्यमय बन्दै गएको छ । 

निर्मला बलात्कार पछि हत्याको पछिल्लो अपडेट हो , शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ । निर्मला बलात्कारपछि हत्या भएपछि तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण विष्ट, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ । 

त्यस्तै न्यायको माग गर्दै गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका छन् ।

अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । त्यस्तै निर्मलाको आमाको पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । बिहीवार धर्ना स्थलमा उनको अवस्था कमजोर भएपछी अधिकारकर्र्मीहरुको अनुरोधमा एक स्वास्थ्य टोली आई चेक जाँच गरेको जनाएको छ । तर पनि उनको स्वास्थमा भने कुनै सुधार भएको छैन् थप बिग्रँदै गएको छ । 

निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाका हत्यारा पक्राउ नगरे आत्महत्या नै गर्ने चेतावनी पनि दिएका थिए । निर्मलाका बुबालाई न्यायको लागि दबाबका कार्यक्रम नगर्न गुण्डाहरुको धम्की पनि आउन थालेको बताइएको छ  । धर्नापछि थप आन्दोलनका कार्यक्रमको तयारी पनि भइरहेको छ । 

निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न बनाइएका छानबिन समितिबाट पनि प्रभावकारी छानबिन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्र्मीको आरोप छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबाट अनुसन्धान शुरु गर्नुपर्ने कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले बताइन् । प्रधानमन्त्रीको गलत अभिव्यक्ति र गृहमन्त्रको झुटो प्रतिबद्धताका कारण पनि उनीहरु शंकाको घेरामा रहेको उनको भनाई छ । 

“प्रधानमन्त्री र गृहमन्त्रीबाट अनुसन्धान शुरु गर्नुपर्छ । प्रधानमन्त्रीले किन निर्मलाको शवलाई मेयरको घरमा छ भनेको । गृहमन्त्रीले त अझै अपराधीलाई पक्रउ नै गरिसकेका छौं भन्नु भएको थियो । किन यस्तो छुटा कुराहरु बोल्नु भो उहाँहरुले । देशको सबै भन्दा जिम्मेवार व्यक्तिको यस्तो गलत अभिव्यक्ति र छुटो प्रतिबद्धतालाई जनताले कसरी बुझ्ने ?” उनले प्रश्न गरिन् । 

प्रहरीले अनुसन्धान गरिरहेको भएपनि निर्मलाको बलात्कापछि हत्या भएको एक सय १५ दिन हुँदा पनि निष्कर्ष नआएकोमा उनले आक्रोस व्यक्ति गरेकी छिन् । 

कञ्चनपुरमा एक निर्दोषले ज्यान गुमाउनु प¥यो । सरकारी सम्पत्तिहरु तोडफोड भए । कञ्चनपुरबासीहरु माथि अत्याचार भयो । धनजनको क्षति भयो । तर पनि हामीले कुनै पनि हिंशात्मक आन्दोलनहरु गरेका छैनौं । उनले भनिन् । 

आफ्नै स्वास्थ्य बिगारेर शान्ति पूर्ण आन्दोलन गरेता पनि त्यही पनि सरकारको तर्फबाट कुनै किसिमको पहल नभएको उनको भनाई छ । 

निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य बिग्रँदै गएको समाचार धेरै आएपछि हिजो शुक्रबार प्रदेश सरकारका गृहमन्त्री धर्नास्थल पुगेका थिए । 

चन्दका अनुसार निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य बिग्रँदै गएको छ । यज्ञराज पन्तलाई केही भयो भने सरकारले ठूलै मुल्य चुकाउनु पर्ने उनको भनाई छ । 

“कञ्चनपुरमा गोली चल्यो, निर्दोषको ज्यान गयो, कुटनीति भयो तर तर्साएर जनता चुप लागेर बस्छन् भनेर सोच्नु सरकार र प्रहरी दुवैको  मुर्खता हो  । कञ्चनपुरका यत्रो तहल्का मच्चाउने नै डिल्लीराज विष्ट हो । जो अहिले बर्खास्त हुनुभएको छ । जुन सरकारको नौटंकी हो ।” चन्दले भनिन् । “बम दिदिबहिनीलाई त सरकारका पहरेदारहरुले भारत लगेर के के बोल्ने भनेर टे«निङ दिएर लिएर आउनु भएको छ । पहिला केही बोल्न जान्दैन थिए । अब संविधानको कुन चाही धाराको उपदफामा के छ पनि प्रष्टसँग भन्न सक्ने भएका छन् ।”

धर्ना स्थलमा प्रयोग भएको कुनै पनि वस्तु र सामानमा नेपाल सरकार र कुनै पनि गैर सरकारी सस्ंथाको पैसा नपरेको उनको भनाई छ । 

उनले भनिन्, “कञ्चपुरका व्यवसायी, नागरीक र स्थानियको मिहेनतको पैसाले किनेका हौ । हामी कञ्चपुरका कुनै पनि व्यवसायीको घरमा आर्थीक सहयोगको अपिल गर्दा खाली हात आउनु परेको छैन । जो प्रति हामी आभारी छौं ।”

कञ्चपुरमा गैर सरकारी सस्ंथा हावी भएको खबर एकदमै झुटो भएको चन्दले दावी गरेकी छिन् । भनिन्, “कठमाडौंमा गैर सरकारी सस्ंथाले निर्मालाको नाममा डलरको खेती गरेको छ । यो साँचो तर र कञ्चपुरमा त्यस्तो केही पनि भएको छैन । हाम्रो प्रतिकात्मक कार्यक्रमहरु जारी छन्  तर शान्तिपूर्ण रुपमा । अरुलाई पनि हानी गर्नु हाम्रो मनसाय होइन । ”
…………….
गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेपनि हत्यारासम्म पुग्ने गतिलो सुराक पत्ता लगाउन सकेको छैन । धेरै प्रमाणहरु यसअघि नै नष्ट भएकाले अनुसन्धानमा जटिलता थपिएको हो । निर्मला हत्यामा चिनजानकै व्यक्तिको संग्लनताको सम्भावना बढी भएको समाचारहरु पनि आउन थालेका छन् । 

अनुसन्धानमा क्रममा हालसम्म झण्डै १ हजार मोबाइल–टेलिफोनको ‘कल डिटेल’ अध्ययन ररिएको थियो भने झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आइडीमाथी पनि अनुसन्धान थालेको छ । 
…………….
कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा को हुन् ? निर्मलाको बलात्कारपछि हत्या भएको ११५ दिन पुगि सक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न किन सकेको छैन ? के प्रहरीले अपराधीलाई लुकाउन खोजेको हो ? सरकारको भूमिका किन सशक्त छैन ? महिलाको सुरक्षा खोइ ? के नेपाल पनि महिलाको लागि खतराको देश बन्दै छ ? लगायतका प्रश्नहरु आम नागरिकको चासोको विषय बनेको छ ।

दिन लम्बिँदै छ तर प्रहरी प्रशासन भने घटनाको छेउ सम्म पनि पुगेको छैन । हुनत घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्य लगायतको कुनै पनि प्रमाण संकलन भएन । घटनाको तथ्य सम्म पुग्न चाहिने आवश्यक प्रमाण नै संकलन नभएपछि हत्याराको खोजी र कारबाही कसरी गर्ला प्रहरीले ?

निर्मला पन्तको हत्याको ठोस निष्कर्षको लागि कञ्चनपुरमा प्रहरीको आउने जाने क्रम जारी रहेको छ  । प्रहरीको टोली फेरिएसँगै घटना थप रहस्यमय बन्दै गएको छ । कुनै पनि नयाँ तथ्यहरु फेला परेका छैनन् । 

निर्मलाको बलात्कार पछिको हत्या र प्रहरीको लापर्वाहीले सबै सामान्य नागरीकहरुमा त्रास पैदा भएको छ नै तर न्याय को लागि निकै संघर्ष गर्नु पर्ने महसुस हुँदै गएको छ । न्याय पाउन कति कठिन छ भन्ने अनुभूति भएको छ सबैलाई । प्रहरीको अनुसन्धान प्रणाली र न्याय माथि यो घटनामा पर्याप्त प्रश्नहरु उब्जिएका छन् ।

बलात्कार र हत्याजस्ता गम्भीर घटनामा अनुसन्धान जेलिँदै गए पनि पीडित परिवार र न्यायको खोजीमा साथ दिनेहरूले सधैँ आवाज उठाई रहेकै छन् । सडक आन्दोलन, विरोधका कार्यक्रमहरु दिनदिनै जसो भएका छन् ।  हजारौं युवायुवतीहरुले सामाजिक सञ्जालबाट आफ्नो धारणाहरु पनि व्यक्ति गर्ने गरेका छन् । कसैको आवाज चर्को सुनिएला, कसैको मधुरो तर न्यायको आशा भने प्रत्येक दिन भइरहेको छ ।

तस्वीर फेसबुकबाट

 

यो पनि पढ्नुहोसः

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?