निर्मलाको हत्यारा खोज्ने एउटै आधार : यौनागंमा भेटिएको शुक्रकिट

काठमाडौं । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या पत्ता लगाउने एउटा मात्र प्रमाण प्रहरीसँग बाँकी छ । त्यो हो निर्मलाको यौनागंको भित्री भागमा भेटिएको पुरुषको शुक्रकिट । 

अहिले प्रहरी यहि प्रमाणको आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास गरिरहेको छ । 

अहिले छानविन समितिले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डिएनए परीक्षणका लागि रगत दिइसकेका छन् । यसको नतिजा केही दिनमा आउने बताइएको छ ।  

स्रोतका अनुसार निर्मलाको यौनांगमा एक जनाको मात्रै शुक्रकिट भेटिएको छ । 

नतिजा डिएनए परीक्षण गरेकाहरूको पक्षमा आए अर्थात निर्दोष देखिए अनुसन्धानको पाटो अझ जटिल बन्दै जाने गृह मन्त्रालयको निष्कर्ष निकालेको छ । 

बलात्कारपछि हत्या भएकी बालिका पन्तको करिब दुई महिना पुग्न लाग्दासम्म अझै दोषि पत्ता लाग्न सकेको छैन । 

यही विषयलाई लिएर कञ्चनपुरमा आन्दोलन समेत थियो । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना बालक सनी खुनाको समेत मृत्यु भएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या किन र कसरी भयो भन्ने अहिलेसम्म अन्योल नै छ । 

तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) डिल्ली विष्टको भूमिकामा नै शंकास्पत भएको प्रहरीको भनाइ छ ।

विष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बालिकाकै आमाबुबाको आरोप छ । 

गत साता छोरीलाई न्याय माग्दै पन्तकी आमाबुबा कञ्चनपुरबाट काठमाडौं आएका थिए । 

प्रहरी प्रधान कार्यालयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन (डिएसपी) ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत (इन्स्पेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

प्रहरीले पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलीपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, दिलीपको (डिएनए) परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भए । 

निर्मलाको वास्तविक अपराधी को हुन् ? यो हाल आम नागरिकको चासोको विषय बनेको छ । 

निर्मलाका आमाबाबु मात्रै होइन, देश नै यही प्रतीक्षामा छ ।

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) धीरु बस्नेतको नेतृत्वमा गत आइतवार नौ सदस्यीय छानविन टोली समेत गठन गरेको थियो । 

यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा समिति गठन भएको थियो ।

बस्नेतको समितिले आतवारबाटै पन्तको हत्याबारे अनुसन्धान शुरु गरिसकेको छ । 

निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई हेडक्वार्टरमा बोलाएर बयान लिन शुरु गरिसकेको छ । त्यस्तै, पन्तको हत्याकाण्डको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र (सिआइबी)का एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।  

यो पनि हेर्नुहोस् 

निर्मला बलात्कारपछि हत्या प्रकरण : एसपी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुरमा

निर्मलाका आमाबुवामाथि प्रधानमन्त्री निवासमै नेकपा नेता कर्णले गरे अपमान ! भएको के थियो ?

निर्मलाको आमाबुबा र प्रधानमन्त्रीबीच भेटवार्ता : के भने प्रधानमन्त्रीले ?

निर्मला बलात्कारपछि हत्या प्रकरण : गृहमन्त्री र आईजीपीकै मत बाँझियो

निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?