काठमाडौँ – कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको ५८ दिन पूरा भएको छ । तर ५८ दिनसम्म बलात्कार र हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । उनका आमाबुबा न्याय माग्न काठमाडौँ आएका छन् । घटनाको विरोधमा सडक तातेको छ । नागरिक समाज , कलाकार, अगुवा, अभियन्ता, शिक्षक, विदयार्थीदेखी आम नागरिक स्वस्फूर्त रुपमा घटनाको विरोधमा उत्रिएका छन् । न्यायका निम्ती आवाज उठाइरहेका छन् । तर अनुसन्धान फितलो बन्दै गईरहेको छ । आम नागरिकले यतिबेला गुनासो गरिरहेका छन् के हामी साँच्चीकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका नागरिक हौँ ?
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सैनिकमाथि पनि अनुसन्धान हुने भनिएको छ ।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताईरहेका छन् ।
आर्थिक वर्ष ०६९–०७० देखि ०७४–०७५ को ६ वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने बलात्कारका घटनाको ग्राफ बढ्दो छ । प्रहरी प्रधान कार्यालयको ६ वर्ष अर्थात् २ हजार १ सय ९० दिनमा ६ हजार २ सय ६३ बलात्कारका घटना दर्ता भएका छन् ।
कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले घटनाको निष्पक्ष अनुसन्धान र छानबिन गर्न सरकारसँग माग गर्दै प्रश्न गरेका छन्, सिंहदरबारले निर्मलालाई न्याय दिन नसक्ने नै हो ? भोली कन्चनपुरको घटनामा शितलनिवासमा भयो भने नी ?
थप समाचारहरु पढ्नुहोस् :
- निर्मला पन्त हत्या प्रकरणमा सेनामाथि पनि अनुसन्धान
-
निर्मला पन्त हत्या प्रकरण: अनुसन्धानमा लापरबाही
-
रहस्यमय बन्दै पूर्वराजदूत झा र निर्मला पन्तको हत्या घटना, के भन्छ प्रहरी स्रोत?
-
निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रालयको एक्सन, विष्टपछि अरु ६ प्रहरी पनि फन्दामा
-
निर्मला पन्त प्रकरणबारे गृहमन्त्रीले भने – छानबिन जारी छ
-
निर्मला पन्तका बुवाले रुँदै भने : ‘छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोकिदिए हुन्छ’
-
निर्मला पन्त हत्याको विरोधमा काङ्ग्रेसले गर्यो संसद बैठक अवरुद्ध
-
निर्मला पन्त हत्या प्रकरणः रहस्यमा डेढ महिना, ‘छानबिन समिति’ नै अन्यौलमा !
-
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणः बिष्टलाई रिहा गर्न अदालतको आदेश
- कांग्रेसले गरायो निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण (प्रतिवेदन सहित)
-
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि किशोरी वलात्कृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया