आलसतालस अवस्थामा निर्मलाकी आमा, के भनिन् डा. बाबुराम भट्टराईसँग (भिडियो सहित )

काठमाडौं । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय २४ दिन पुरा भएको छ  । दिन लम्बिँदै छ तर प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न सकेको छैन भने सरकारको मौनता यथावत नै छ । एक पछि अर्को समाचारले पन्त घटना थप रहस्यमय बन्दै गएको छ ।

बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरेर न्यायको भिख देउ भन्दै हिडेका  छन् । गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका थिए । 

अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएका समाचार आएको थियो । त्यस्तै निर्मलाको आमाको पनि स्वास्थ्यमा पनि समस्या आएको थियो । 
पछिल्लो दिनयता निर्मलाका बुबा यज्ञराज पन्त मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका थिए । यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा आइसियूमा भर्ना गरिएकोे छ । 

निर्मलाका बाबुआमासँगै उनका दुई काका र जाँच गर्न एक स्वास्थ्यकर्मी पनिसँगै काठमाडौं आएका छन् । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र उनको श्रीमती हिसिला यामी सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । 

संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई पनि सम्झाएका थिए । भट्टराईले दुर्गा पन्तलाई आफुहरुको सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

भट्टराईले निर्मला सबैको छोरी भएको भन्दै आफू पनि न्यायको पक्षमा भएको र  न्यायको लडाईमा आफ्नो साथ रहने बताए । प्रहरीलाई बर्खास्त गरेर सरकार आफ्ने जिम्मेवारीबाट पछि हटेको उनको आरोप छ ।

“कानूनमा बर्खास्तलाई सजाय भनिएको छ ? मेरो पश्न हो सरकारलाई ।  उनीहरु अपराधी नै हुन् भने कानून बमोजिमको सजाय हुनुपर्छ । सरकारको ध्यान किन जान सकेको छैन । बलात्कार र महिला हिंसा सिंगो देशको समस्या भएकाले यसको नियत्रणको लागि म र मेरो पार्टी सधै तयार छ ।”,  भट्टराईले भने । 

उनले थपे, घटनाको सबै प्रमाण नियोजित रुपमा मेटाउनुले अपराधीको संरक्षण गरिएको बुझिन्छ ।  यसको अर्थ प्रमाण मेटाउनेहरुलाई अपराधी थाहा छ भन्ने हो । सरकारले तिनीहरुलाई संरक्षण गर्नु नै सबैभन्दा ठूलो शंकाको विषय हो ।सत्ता र सुरक्षा दिनेमाथि नै शंका छ ।’ 

जिम्मेवार व्यक्तिहरुको यसमा संलग्नता रहेको भट्टराईको भनाई थियो ।

बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको आत्माको शान्तिको लागि पनि राज्यले न्याय दिनुपर्ने भन्दै अडान लिईन् । भावविह्वल हुँदै उनले भनिन्, छोरीको पीडाकै बीचमा श्रीमान्को समेत यो हालत भएको छ म के गरौँ ?  

राजनीतिक दलहरुले न्यायको आशा मात्र देखाएको उनको गुनासो छ ।

निर्मलाकी आमा दुर्गा देवी पन्तले आज त्रिवि अस्पतालमा सञ्चारकर्मी सँग कुरा गर्दौ छोरी निर्मलाले न्याय नपाउनुमा र श्रीमान्को स्वास्थ्य अबस्था बिगार्नुमा सरकार मुख्य दोषी भएको बताइन् । श्रीमानको स्वास्थ्य अवस्था बिग्रदैँ गएको र आफूहरुलाई श्रीमान्ले भविष्यमा हेरचार गर्ने आश नभएको उनले बताइन्  । सरकार र प्रहरी प्रशासनको लापर्बाहीको कारण अपराधी पत्ता नलागेको उनको गुनासो छ ।  

भेटघाटका बिच बाबूराम भट्टराईले नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो भने उनको शव साउन ११ गते उुखुबारीमा भेटिएको थियो ।   

निर्मला पन्त पछि भएका बलात्कार घटना र त्यस घटनामा संलग्न भएकाहरु पक्राउ परेका छन् । तर यो घटना सुरुदेखि नै प्रमाण लुकाईने अनेक प्रपञ्चको कारण सरकार र प्रमुख सत्तामा रहेकाहरुमाथि आम नागरिकले शंकाको नजर तेर्साएका छन् । 

यो पनि पढ्नुहोसः

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुर काण्ड दोहोरिन नदिन प्रहरीको विशेष मिसन

निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?

न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?