कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि कञ्चनपुर फेरि तातेको छ ।गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
बालिकाको बलात्कारी र हत्यारा पत्ता लगाउन ६७ दिन बितीसक्दा पनि घटनाको यथार्थविवरण दिन प्रहरी चुकेको कञ्चनपुरबासीको भनाई छ । घटनामा संलग्न रहेको आरोपसहित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न स्थानियले माग गरेका थिए । स्थानीयको चर्को दवाबपछि अनुसन्धानका लागि भन्दै प्रहरीले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको डीएनए परीक्षण गरेको थियो । रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबु (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ। निलम्बित एसपी विष्टको काठमाडौंमा र अन्य २ जनाको रगतको नमूना भने कञ्चनपुर प्रहरीले संकलन गरेर प्रयोगशालामा पठाएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलिपसिंह विष्ट र अर्का युवक चक्रदेव वडुकोसमेत डीएनए परीक्षण गरेको थियो ।
दिलिपसिंहको डिएनए म्याच नभएपछि विष्ट रिहा भएका थिए भने वडुको डीएनए पनि ‘नेगेटिभ’ आएको थियो ।
बारम्बार प्रहरीले घटनाको प्रमाण मेटाउने कोशिस गरिरहेकोले प्रहरीमाथि कञ्चनपुरबासीको चर्को वितृष्णा र असन्तुष्टि पैदा भएको छ । उच्चस्तरिय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिकको माग राख्दै कञ्चनपुरबासिन्दा फेरि आन्दोलित भएका छन् । निर्मलाको न्यायका लागि ‘दवाबमूलक संघर्ष समिति’ बनाएर कञ्चनपुरबासी फेरि आन्दोलित भएका हुन् ।
घटनाको ६७ दिनसम्म न हत्यारा पत्ता लागेको छ, न त उच्चस्तरीय छनविन समितिले बुझाएको प्रतिवेदन नै सरकारले सार्वजनिक गरेको छ । उच्चस्तरीय छानविन समिति महेन्द्रनगर पुगेकै दिन प्रहरीको गोलीबाट बालकको ज्यान गएको थियो ।
त्यस्तै निर्मला हत्या प्रकारण छानबिन गर्न गठित उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहर भएको छ ।
सम्बन्धीत समाचार
-
निर्मला बलात्कारपछि हत्या प्रकरण : एसपी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुरमा
-
निर्मलाका आमाबुवामाथि प्रधानमन्त्री निवासमै नेकपा नेता कर्णले गरे अपमान ! भएको के थियो ?
-
निर्मलाको आमाबुबा र प्रधानमन्त्रीबीच भेटवार्ता : के भने प्रधानमन्त्रीले ?
-
निर्मला बलात्कारपछि हत्या प्रकरण : गृहमन्त्री र आईजीपीकै मत बाँझियो
-
‘निर्मलाका निम्ति न्याय’ माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन
-
निर्मलाको हत्यारा खोज्ने एउटै आधार : यौनागंमा भेटिएको शुक्रकिट
-
निर्मला बलात्कारपछि हत्या प्रकरण: समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझायो
-
छानबिन समितिले भन्यो – डिल्ली विष्टको गम्भीर त्रुटि
-
निर्मलाका लागि न्याय माग्दै माईतीघरमा प्रदर्शन : ‘गृहमन्त्री के हेर्दै ? बलात्कारीहरु देश घेर्दै’
-
निर्मला बलात्कारपछि हत्या प्रकरण: घटनाको अनुसन्धान थप रहस्यमय बन्दै, एसपी विष्टको डिएनए मिलेन
-
निर्मला हत्याको ६७ दिन : ‘अनुसन्धानका नाममा सरकारले आँखामा छारो हाल्ने काम ग-यो’
-
निर्मला हत्या प्रकरणः ‘भेजिनल स्वाब’ मै शंका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया