आँधीबेहरीपछिका २० घण्टा…

काठमाडौं । बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । 

दुर्घटनामा हालसम्म करीब ७०० घाईते भएका छन् भने उनीहरुको प्रदेश नं २ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

यी हुन् २४ घण्टाका विस्तृत विवरण:

सोमवार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा मृत्यु भएका परिवारलाई ३ लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतवार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै हावाहुरी आएको थियो । 

यो पनि पढ्नुहोस्ः मृतकका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने

प्रदेश २ सरकराले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकहरुको अभाव भएको गुनासो गरे । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव भएको बताए । 

यो पनि पढ्नुहोस्ः मन्त्री सोनल भन्छन्,‘बारा र पर्सामा चिकित्सकको अभाव भयो’

झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र पुगे । 

यो पनि पढ्नुहोस्ः प्रधानमन्त्री ओली बारा–पर्सा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार राति बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिले आफू स्तब्ध भएको बताए । 
सोमवार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समवेदना प्रकट गर्नुकासाथै  घाइतेहरूको शिध्र स्वास्थ्य लाभको कामना पूर्वराजा शाहले गरे । 

यो पनि पढ्नुहोस्ः बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिले स्तब्ध छु- पूर्वराजा शाह

नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्साबाट ६ जना घाइतेलाई लिएर काठमाडौं आयो । घाइते भएका मध्ये ६ जनालाई लिएर सेनाको स्काई ट्रक विमान काठमाडौं आएको हो । 

यो पनि पढ्नुहोस्ः बाराबाट ६ घाइते लिएर काठमाडौं आइपुग्यो सेनाको स्काई ट्रक विमान

 प्रदेश २ सरकार र संघीय सरकारबीच टेलिफोन वार्ता भयो । आइतवार राति आँधीसँगै आएको भीषण वर्षासँगै ठूलो जनधनको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न मुख्यमन्त्री लालबाबु राउतले आग्रह समेत गरे  । 

यो पनि पढ्नुहोस्ः  मुख्यमन्त्री राउत र प्रधानमन्त्री ओलीबीच फोन वार्ता, राष्ट्रिय शोक घोषणा माग

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर मृत्यु भएकाहरुको सूचि सार्वजनिक गर्यो । मन्त्रालयको सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत गृह मन्त्रालयले जनाएको छ। हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको हो । 

यो पनि पढ्नुहोस्ः बारा-पर्सा हावाहुरीः २७ मृतकको सनाखत (नामावलीसहित भिडियो)

हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइयो । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाएको हो ।  

यो पनि पढ्नुहोस्ः बारा र पर्साका  हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली जाँदै

बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण तीन दर्जनभन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति सर्वसाधारण, विभिन्न राजनीति दल, पार्टीका नेता तथा कार्यकर्ताहरुले दुःख प्रकट गर्नुकासाथै सरकारलाई सुझाव पनि दिएका छन् । 

यो पनि पढ्नुहोस्ः बारा–पर्सा आँधीबेरीमा गगन थापादेखि बाबुराम भट्टराईद्वारा दुःख व्यक्त, सरकारलाई दिए यस्तो सुझाव

बाराको फेटा गाउँपालिका पुरैनियाँ गाँउमा पुगेर स्थलगत अवलोक गर्नुका साथै कलैया अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिए । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका थिए । 

यो पनि पढ्नुहोस्ः प्रधानमन्त्री ओली बाराको स्थलगत अनुगमनमा, गृहमन्त्री भन्छन्, ‘आवश्यकता अनुसार राहत र क्षतिपूर्ति उपलब्ध गराउछौं’

आइतबार राति आएको भिषण हावाहुरी र आँधीबेहेरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभावको समाचार सार्वजनीक भएपछि रगत संकलनका लागि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण रक्तदानमा जुटे । 

यो पनि पढ्नुहोस्ः रक्तदानमा जुट्यो काठमाडौँ, घाइतेहरु रगत अभावसँग जुध्दै (भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिन् ।  राष्ट्रपति भण्डारीले आज (सोमवार) वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् । 

यो पनि पढ्नुहोस्ः बारा पर्सा प्राकृतिक विपद -राष्ट्रपतिद्वारा सहानुभूति प्रकट

बारा र पर्सामा आइतवार राति आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाइयो । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाइएको हो । 

यो पनि पढ्नुहोस्ः खानेपानी विभागले पठायो हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रमा राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । ओली कलैयास्थित अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए । ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका थिए ।  

यो पनि पढ्नुहोस्ः प्रधानमन्त्री ओली कलैया अस्पतालमा, ‘राहत, उद्धार र उपचारमा कुनै समस्या हुन दिन्न’

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन यतिबेला युवा साथीहरुसहित हावाहुरीले वितण्डा मच्चाएको जिल्ला बारामा उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । बारा र पर्सा जिल्लामा हिजो साँझदेखि वेगले हावाहुरी चलेकोमा राति हुरीको बहावले पक्की घरसमेत भत्काउँदा सिंगो देशले अपूर्णनिय क्षति व्यहोरिरहेको यो अवस्थामा पुन यूवा साथीहरुसहितसहित उद्धार तथा राहत कार्यमा दत्तचित्त भएर लागिरहेका छन् । 

यो पनि पढ्नुहोस्ः  सबेरै बारा पुगेका उपराष्ट्रपतिका छोरा दिपेश राहत तथा उद्धारमा, प्रभावित जिल्लाबाटै गरे यस्तो अपिल (फोटो फिचर)

देशको पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको  हिमालि भेगका थोरै  स्थानमा हल्का हिमपातको संभावना रहेको समेत पूर्वानुमान महाशाखाको अनुमान छ । 

यो पनि पढ्नुहोस्ः आज पनि आउँला आँधीबेहरी ?  यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्र फेटा गाउँपालिकाको हवाई निरीक्षण गरे । झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् । प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि थिए । साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागीता रहेको थियो ।  

यो पनि पढ्नुहोस्ः हेलिकोप्टरबाटै बाराको फेटा गाउँपालिका नियाल्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली वरिगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत घाइते विरामीलाई भेटे ।  प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए ।

यो पनि पढ्नुहोस्ः प्रधानमन्त्री ओली विरगञ्जमा, घाइते भेटेर काठमाडौं फर्किने तयारीमा

हावाहुरीबाट प्रदेश नं २ का जिल्ला बारा र पर्सामा लगायतका अरु प्रभावित अरु जिल्लाबाट परीक्षा सञ्चालन गर्न नसकिने भन्ने कुनै पनि रिर्पोट नआएकाले परीक्षा सञ्चालन  हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् ।

यो पनि पढ्नुहोस्ः हावाहुरीबाट प्रभावित प्रदेश नं २ को बारा र पर्सामा 'एसइई' परिक्षा स्थगित नहुने,यसो भन्यो बोर्डले

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाटै हवाइ निरीक्षण गरेको प्रति प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनलले असन्तुष्टि जनाएका छन्  । झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका थिए । सोसँगै मन्त्री सोनलले आपत्ति जनाएका हुन् । 

यो पनि पढ्नुहोस्ः  मन्त्री सोनलको कडा प्रतिक्रिया, ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?