दुनियाँमा दिनभर के–के भए ? लोकपथमा एक क्लिक, थाहा पाउनुहोस् ट्रेन्डिङमा रहेका १८ समाचार

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ ७ गते सोमबार  देश विदेशमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।

अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् :–

१. प्रचण्डपत्नी सीताको आइसियुमा उपचार हुँदै :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की धर्मपत्नी सीता दाहाललाई आइतवार उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ । रुघाखोकी र ज्वरोको समस्या देखिएको पछि सीतालाई अस्पतालमा भर्न गरिएको थियो । उनको अहिले आइसीयूमा उपचार भएरहेको अस्पताल श्रोतले जनाएको छ ।

२. इजरेल सशस्त्र फौजद्वारा सिरियास्थित इरानी समूहलाई लक्षित हवाई आक्रमण :- इजरेलको सशस्त्र फौजले सोमवार बिहानैबाट सिरियास्थित इरानी समूहलाई लक्षित हवाई आक्रमण जारी राखेको छ । इजरेलले विज्ञप्ति जारी गर्दै आफ्नो कारबाही इरानी क्रान्तिकारीका सुरक्षाका उच्च तहका क्रुद समूहविरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ । 

३. उपाधि होडमा रहेको बार्सिलोनाको सहज जित, लिगमा ५ अंकको अग्रता बनायो :- स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोना विजयी भएको छ । घरेलु मैदान क्याम्प नाउमा आइतवार राति सम्पन्न भएको २० औँ चरणको खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले लेगानेसलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।

४. डा. केसीको अनसनकै बीच चिकित्सा शिक्षा विधेयक पारित हुँदै :- सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको सोमवार बस्ने बैठकले सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्न लागको हो । बैठक मध्यान्ह १२ बजेपछि बस्ने गरी बोलाइएको छ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकै बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको हो ।

. प्रधानमन्त्री ओलीको कार्यभार रक्षामन्त्री पोखरेलले सम्हाल्ने :- काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सम्हाल्ने भएका छन् । आइतवार राष्ट्रपति विद्यादेवी मण्डारीले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सम्हाल्ने भएका हुन् । 

६. किन अझै पनि सर्पको टोकाइबाट मानिसहरु मर्छन् ? :– हरेक वर्ष संसारभर सर्पको टोकाइबाट दस हजार भन्दा बढि मानिसहरुको  मृत्यु हुने गरेको छ  । एक अध्ययनका अनुसार, सर्पको टोकाइबाट मानिसहरुको समयमा नै उपचार नहुँदा मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै बाच्ने सम्भावना भएका मानिसहरुको भने गलत औषधीको प्रयोगबाट पनि मृत्यु हुने गरेको जनाइएको छ । 

७. अमेरिकी डलर ११४ रुपैयाँ २० पैसा, कति छ अरु विदेशी मुद्राको विनिमयदर :– नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११४ रुपैयाँ २० पैसा रहेको छ ।

८. कर्मचारी समायोजन फागुन ३ गतेभित्र सक्ने सरकारको तयारी :– सरकारले फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने गरी गृहकार्य शुरु गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने गरी फाराम भरेका कर्मचारीको विवरण जाँच शुरु गरिएको हो ।

९. झापडकाण्ड छानविन समितिको म्याद सकियो, मन्त्री यादवले अलोकतान्त्रिक चरित्र देखायोस् कांग्रेस :– प्रदेश २ का आर्थिक मामिला मन्त्री विजयकुमार यादवले कार्यकक्षमै सचिव कुटेको विषयमा छानविन गर्न गठित समितिको समय सीमा शनिवार सकिएको छ । घटना भएकै दिन प्रदेश सरकारले कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको थियो । तर, समितिको म्याद हिजो शनिवार नै सकिएको हो ।

१०. मानवअधिकार आयोगका दुई सदस्यको पद खोसियो, यस्तो छ कारण :– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी प्रवक्ताको जिम्मेवारीबाट मुक्त भएकी छिन् । मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी भन्दा बिभिन्न गैरसरकारी मिसनको अभियन्ता बनेको आरोप अन्सारीमाथि छ । आयोगका अनुसार हाल मानवअधिकार आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सचिव बेदप्रसाद भट्टराईले पाएका छन् । साधै आयोगका अर्का सदस्य सुदिप पाठकको संरक्षण र अनुसन्धान बिभागको जिम्मेवारीबाट पनि  मुक्त भएका छन् ।

११. सक्छ भने दुई तिहाइको सरकारले बीपी कोइराला राजमार्गको नाम परिवर्तन गरोस्ः गच्छदार :– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध पारेका छन् । सोमवार मध्यान्ह १२ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुनसाथ कांग्रेस सांसदले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

१२. बडी बिल्डर सेलिब्रेटी महेश्वर महर्जन भन्छन्, ‘विश्वपछि ब्रह्माण्ड जित्छु’:महेश्वर महर्जन :– अहिलेका बडी बिल्डर सेलिब्रेटी हुन् । हालै थाइल्याण्डमा आयोजित १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले पुरुष ७५ केजी तौल समूहतर्फ स्वर्ण जितेका हुन् । विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएपछि उनी मिडिया तथा सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

१३. राष्ट्रियसभा बैठक एक साताको लागि स्थगित :– काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सोमवार मध्यन्ह ११ बजेको लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको हो । यसैगरी कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । सोमवार दिउँसो १२ बजेका लागि बोलाइएको पहिलो बैठकमा आफ्नो राख्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

१४. कोर्ट म्यारिज गरे रवी लामिछानेले :– टेलिभिजनकर्मी रवी लामिछानेले दोस्रो विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् ।उनले परम्परागत रुपमा आफूहरुले  आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् ।  उनले बिवाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् ।

१५. मलेसिया श्रम सम्झौता : दूतावासबाट सोझै भिसा पाएकालाई श्रमस्वीकृत दिन शुरु :– सरकारले कलिङ भिसा आइसकेकालाई मलेसिया जानका लागि अन्तिम स्वीकृति दिन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको हो ।

१६. सरकारले म्यानपावर कम्पनीलाई दियो यस्तो चेतावनी, कम्पनीमार्फत कलिङ्ग भिसा पाएका सबै कामदारको विवरण माग :– सरकारले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ्ग भिसा प्राप्त गरेका सबै कामदारको विस्तृत विवरण माग गरेको छ । सोमवार श्रम, रोगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरी म्यानपावर कम्पनीका व्यवसायीले मलेसियासँग श्रम सम्झौता हुनपूर्व कामदारको कलिङ भिसा प्राप्त गरेका कामदार पनि रोकेर राखिएको भन्दै काममा जाने व्यवस्था मिलाउन लबिङ तीव्र बनाएका हो ।

१७. पाल्पाबाट पौडेलको प्रश्न : विपक्षी दलको नेताको अनुपस्थितिमा यस्तो गर्न मिल्छ ? :– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताएका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले सरकारले विपक्षी दलको नेता बिना संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगमा नियुक्ती गरेकोमा आपत्ती समेत जनाए ।

१८. निर्मला पन्तको घरमा पुगेर यसो भने कांग्रेस प्रवक्ताले, के हुन्छ अब ? :- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको घर पुगेका छन् । सोमवार कञ्चनपुर भीनदत्तनगरपालिका २ स्थित निर्मलाको घरमा पुगेका प्रवक्ता शर्माले न्यायका लागि कांग्रेसले साथ दिने बताए । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?